उर्लाबारी, मंसिर ०६ गते । अग्र्यानिक खेतीमा जोड दिँदै मोरङको उर्लाबारी नगरपालिकाका ५ जना महिलाहरु मिलेर अन्नपुर्ण महिला कृषि टेक प्रालिमार्फत सामुहिक कृषि क्षेत्रमा लागि परेका छन् ।


उर्लाबारी – ४ मा प्रालिको ५ बिगाहा क्षेत्रफलको जग्गामा महिलाहरुले अग्र्यानिक खेती सुरु गरेका हुन् । शनिवार प्रालिमा आबद्ध महिलाहरु र परिवार मिलेर आलु खेती रोप्दै अग्र्यानिक खेतीको सुरवात गरिएको हो ।
उर्लाबारी ४ की उमा भण्डारी, मेनुका न्यौपाने, उर्लाबारी ७ की गिता बुढाथोकी, उर्लाबारी २ की कमला बोहोरा र उर्लाबारी ५ कि साबित्रा कार्की पाँच जना महिलाको सामुहिक प्रयासमा अग्र्यानिक खेतीको सुरवात गरिएको हो । कृषि क्षेत्रमा अग्र्यानिक तरकारी खेती, गाई पालन, माछा, कुखुरा पालन लगायत गरिने प्रालिकी अध्यक्ष उमा भण्डारीले जानकारी दिईन् ।


तरकारी खेतीमा रसायनीय पदार्थको प्रयोगलाई न्युनिकरण गदै अग्र्यानिक रुपमा खेती गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ सामुहिक कृषि खेती सुरु गरिएको प्रालिमा आबद्ध महिलाहरुले बताएका छन् । “अग्र्यानिक उत्पादनले मानव स्वास्थ्यलाई मात्र नभई वातावरण र जमिनलाई समेत फाइदा हुन्छ,” प्रालिमा आबद्ध उर्लाबारी–७ की गिता बुढाथोकीले भनिन्,“कतिपय सचेत किसानले वातावरणीय विनासलाई नियन्त्रण गर्न र मानव स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिनकै लागि पनि रासायनिक मल र विषादीको प्रयोग गर्न छाडेका छन् ।” पछिल्लो समयमा अग्र्यानिक उत्पादनको महत्व बढ्न थालेकाले यसको सुरवात गरेको उनले बताईन् । कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेकाले पनि यसमा जोड दिएको प्रालिकी अध्यक्ष भण्डारीले बताईन् ।


अग्र्यानिक खेतीबाट उत्पादित बस्तुले आफुलाई पनि र समाजलाई पनि स्वस्थ्य राख्ने भएकाले अग्र्यानिक खेतीमा लागिपरेको उहाँले बताएकी छिन् । हाल सुरवातमा ५ जना कर्मचारीलाई रोजगार दिएर खेती गर्दैआएको र निकट भविष्यमै थप केहीलाई रोजगारी समेत दिएर अघि बढ्ने योजना रहेको महिलाहरुले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x