उर्लावारी । उर्लाबारी–८ दुर्गापुरीस्थित एभरेष्ट फन पार्कमा १२ बर्षीया बालिकामाथि बलात्कार भएको छ । दमक घर भएकी बालिका दमककै एक व्यक्तिबाट बलात्कृत भएको खुल्न आएको हो । घटनाको अनुसन्धान भइरहेको जनाउदै विस्तृत जानकारी दिन उर्लाबारी प्रहरीले आनाकानी गरेको छ ।


इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले भने–‘आरोपी फरार रहेकोले सबै विवरण नखुलाइएको हो ।’ यद्यपि आरोपीलाई पीडितको जाहेरी अनुसार करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्सपेक्टर खड्काले बताए

बालिकालाई फनपार्कको कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारको भनाई छ । स्रोतका अनुसार एभरेष्ट फनपार्कका संचालकले नै आरोपीलाई भगाएका हुन् । पीडित पक्षको जाहेरी अनुसार मुद्दा चलाउन बाध्य भएपनि उर्लाबारी प्रहरीको फनपार्क संचालकसंगको ‘कनेक्सन’का कारण आरोपी सहजै उम्केको बताइन्छ ।

गत पुस १७ गतेबाट संचालनमा आएको एभरेष्ट फनपार्क उद्घाटनको पूर्वसन्ध्यामा त्यसका संचालकहरुले पत्रकार सम्मेलन गरेरै फनपार्क परिसरमा यौनजन्य गतिविधि वर्जित गरिएको दाबी गरेका थिए । उर्लाबारीका केहि नवधनाढ्यले संयुक्त रुपमा खोलेको फनपार्कमा बालिका बलात्कारजस्तो जघन्य घटना हुँदापनि संचालकहरु बेखबरझै बनेका छन् ।

संचालक मध्येका राजु श्रेष्ठले फनपार्कका अध्यक्षसंग सबै कुरा बुझ्नु भन्दै थप प्रतिक्रियादिन चाहेनन् । फनपार्क अध्यक्ष तुलसी श्रेष्ठको मोवाइल स्वीचअफ भएकोले सम्पर्क हुन सकेन । मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ । दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म दोषीलाई कैद सजाय हुनेछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap