धरान: नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो वाइवाई नेपाल स्टारको फाइनल प्रतिस्पर्धी धरानका सन्देश बम्जनको मंगलबार वृहत एकल सांगीतिक कार्यक्रम भएको छ ।

बम्जन नेपाल स्टारको टप ४ मा पुग्न सफल प्रतियोगी हुन् । धरान निवासी बम्जम केही दिनदेखि गृहनगरमा छन् । सन्देश बम्जन जिताउ अभियानकर्मीहरुले मंगलबार उनलाई नगर परिक्रमा गराउदै एसएमएस भोटिङ गर्न आग्रह गरिएको थियो । त्यसपछि भानुचोकमा बम्जनको एकल कन्सर्ट आयोजना भएको थियो ।

करिब ४ घण्टासम्म नेपाल स्टारका फाइनलिष्ट बम्जनले थुप्रै गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए । साथै उनले आफुलाई एसएमएस गरेर भोट गर्न र नेपाल स्टार बनाउन पनि आग्रह गरेका छन् । प्रतिस्पर्धी बम्जनलाई भोट गर्न मोवाइलमा SN13 टाइप गरेर 33001 मा पठाउनुपर्ने हुन्छ । उनलाई बिहिबार राती १२ बजेसम्म भोट गर्न सकिनेछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap