पुष १५। सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७८ को सातौं चरणका खेल आज (शुक्रबार)देखि सुरु हुँदैछ । त्यस अन्तर्गत दशरथ रंगशालामा दुई खेल हुनेछन् ।

पहिलो खेल दुई विभागीय टिम एपीएफ र आर्मीबीच रहेको छ । एपीएफ ६ खेलबाट ५ अंक जोडेर ११ औं स्थानमा छ भने उपाधि होडमा रहेको आर्मीको भने ६ खेलमा १० अंक रहेको छ र चौथो स्थानमा रहेकोछ ।

दोस्रो खेलमा फ्रेन्ड्स र एनआरटी भिड्ने छन् । फ्रेन्ड्स ६ खेलबाट ३ अंकमै सीमित रहेर अंक तालिकाको पुछारमा छ भने एनआरटीको भने ६ खेलबाट ७ अंक छ र आठौं स्थानमा रहेकोछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x