ऐसेलुखर्क । राष्ट्रिय परिचय पत्र विवरण संकलन घुम्ती टोलिले ऐसेलुखर्क गाउपलिकमा विवरण संकलन गरिरहेको छ । वडा न.३ बाट मात्रै भने १५ सय ७५ जनाको विवरण संकलन भएको छ । फागुन ८ गते देखी सुरु भएको विवरण संकलन कार्यक्रम वडा न.३ को विवरण संकलन सोहि वडाको वडा कार्यलय र राष्ट्रिय प्रजातन्त्र पार्टी आधारभुत बिद्यालयमा सम्पन्न भएको थियो ।


नागरिकता वितरणमा फर्जी काम बढिरहेका बेला विभागले राष्ट्रिय परिचयपत्र वितरणलाई भने वैज्ञानिक बनाएको जनाएको छ । नागरिकता जस्तो सिफारिस गरिएकै आधारमा राष्ट्रिय परिचयपत्र पाइने छैन । त्यसका लागि शुरुमै जैविक परीक्षण गरेर विवरण संकलन गरेको विभागले वितरण पनि परीक्षणपछि मात्रै गर्ने छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप, आँखा स्क्यन र व्यक्तिगत विवरण हुनेछ । राष्ट्रिय परिचय पत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचय पत्रमा भएका विवरणहरु रिडेबल मेसिनु मार्फत हेर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्र आफूसँग राखेपछि नागरिकता, मतदाता परिचयपत्र लगायतका कागजात बोकेर हिँड्नुपर्ने झन्झट नहुने र अब पाइने राष्ट्रिय परिचय पत्रमा यी सबै सबै परिचय पत्रमा उल्लेख गरिएका सबै विवरण हुने ऐसेलुखर्क गाउपलिकमा वडा न।३ का वडाअध्यक्ष राजेश कुमार राजभण्डारीले बताउनु भयो । परिचयपत्र आउन भने छिटोमा एक बर्ष लग्ने विवरण संकलनमा आएका एक कर्मचारी ले बाताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x