धरान । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफ्ना मान्छेलाइ सेट गर्न माहिर मानिन्छन । पार्टी भन्दा पनि गुट राम्ररी चलाउन जानेर नेता भएको भनिन्छ ।

ओलीले कसै माथि अडान लिए भने जस्तै अवस्थामा पनि छोडदैनन । उनले एकपटक आफ्नो ठाने पछि जस्तो सुकै अफ्टेरोमा पनि छोडदैनन भनिन्छ । तर सुरुदेखि नै ओली कित्तामा प्रष्ट रुपमा लागेका छबिलाल विश्वकर्मालाई भने ओलीले हाल सम्म आफ्नो क्याबिनेटमा राखेका छैनन ।

ओलीको दुवै कार्यकालमा छबिलाललाइ मन्त्रिको रुपमा हेरिएको थियो । ओलीले धेरैलाई दोहोराई तेहेराइ मन्त्रि बनाए । यति सम्म कि चर्को आलोचक ठानिएको घनश्याम भुसाल र योगेश भट्टराइलाइ समेत मन्त्रि बनाइएको थियो । तर ओलीले सधै आफ्नो समूहमा रहेको छबिलाल लाइ लगातार मन्त्रिपरिषदमा नराख्दा कार्यकर्ता माझ असन्तोष देखिएको छ ।

छबिलाललाइ फेरी मन्त्रिपरिषदमा छुटाईएको छ । नेकपा एमालेमा ओली पक्षीय स्थायी कमिटीमा सबै भन्दा कम अवसर पाउनेमा पर्छन । बिकलाइ पहिले नै मन्त्रीको रुपमा हेरिएको थियो । ओलीको पहिलो दोश्रो दुवै कार्यकालमा उनलाई मन्त्रीको रुपमा हेरिएको थियो । तर दुवै पटक परेनन ।

नेकपा एमालेमा उनले भारतीय प्रवासी मंच , मुक्ति समाज , र सम्पर्क मंच लगायतको संगठनमा प्रमुख भएर काम गरे ।पछिल्लो पटक रुपन्देही एक बाट निर्वाचित सांसद थिए । शालिन र भद्र व्यक्तित्व , सके सम्म असन्तुष्ट बाहिर जाहेर नगर्ने खालको व्यत्ति मानिन्छन् उनी ।

उनि दोश्रो जनआन्दोलन पछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा कृषि मन्त्रि बनेका थिए । मन्त्रि पद आफै नमाग्ने स्वभावका कारण उनि नेतृत्वको नजरमा नपरेको हुन सक्ने कार्यकर्ताको बुझाइ छ । ओली पक्षीय नेताहरुमा सुरु देखि नै साथ दिइरहने मध्येका एक हुन् विश्वकर्मा ।

यसपाली छबिलाल मन्त्रि बन्लान भन्ने धेरैले आसा गरेका थिए । आफ्नो गुट भित्रको करिब करिब सबैलाई लाभको पद बाडेंका ओलीले सुरु देखि नै छबिलाल बेवास्ता गर्दै आएका छन । छबिलाल सुरु देखि नै ओली पक्षमा खुलेर लागेका स्थायी कमिटि सदस्य हुन । उसो त पालोको हिसावले छबिलाल विस्वकर्मा प्रम ओलीको पहिलो कार्यकालमै मन्त्री बन्ने आसा गरिएको थियो । तर, ओली गारो समयको प्रधानमन्त्री बनेको भन्दै छबिलाललाइ मन्त्रि नबनेर सहयोग गर्न आग्रह गरे पछि उनले मन्त्रि नबनीदिएर सहयोग गरे ।

कम मतले ९ औं महाधिवेसनमा जित हासिल पारेका केपी ओलीलाई सुरु देखि नै खुलेर लाग्ने नेता हुन । पछि ओलीकै दोश्रो कार्यकालमा छबिलाल ढुक्कले मन्त्रि हुने मानिएको थियो । तर ओलीले १८ पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा पनि छविलाल विश्वकर्मा नपरे पछि भने कार्यकर्ताका माझ असन्तोष देखिएको छ । यस बारेमा कार्यकर्ताहरुले बुझ्न खोज्दा ’काम गर्दै जाने हो नेतृत्वले आवश्यक ठान्दा म सधै तयार छु’ भन्ने औपचारिक भाषा बोलेकोले खास के भएको हो बिकका नजिकका कार्यकर्ताले पनि अनुमान लगाउन सकेका छैनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x