काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले रामकुमारी झाँक्रीको पक्राऊप्रति आपत्ती जनाउँदै सरकारलाई कडा चेतावनी दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् वर्तमान सरकार समाप्त हुन लागेको टिप्पणी गरेका छन् । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिको समर्थन गर्दै पूर्व प्रधानमन्त्री भट्टराइले लेखेका छन्,‘संविधानको पालना र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने रु यो सरकारको काल आएकै हो ?’ ओली सरकारले विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेर नागरिक स्वतन्त्रताको विरुद्ध कदम चालिएको तर्क गरेका छन् ।

आज शंखमुलस्थित घरबाट झाँक्रीलाई राज्यविरुद्धको कसूरको दफा ५८ को अभियोग लगाएर पक्राऊ पूर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भट्टराईले लेखेका छन्ः ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ१नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ!”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्नेरुयो सरकारको काल आएकै हो ?

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap