चतरा । बराहक्षेत्र १ चतरा स्थित पुरातात्विक महत्व बोकेको प्राचीन तिर्थ स्थल औलिया बाबा तथा छिनामस्ता मन्दिर संरक्षण मञ्चको अध्यक्षमा उदय ठटाल चयन भएका छन् । सोमबार सम्पन्न औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मञ्चको बिशेष भेलाले उदय ठटालको अध्यक्षतामा १५ सदस्य रहेको कार्यसमिति गठन गरेको छ ।

औलिया बाबा मन्दिर क्षेत्र र छिन्नामस्त मन्दिरको विकास, संरक्षण, प्रचारप्रसार गर्न स्थापना भएको उक्त मञ्चको उपध्यक्षमा बुद्धकुमार श्रेष्ठ, सचिवमा कमल कार्की, सह– सचिव त्रिलोचन कटेल र कोषाध्यक्ष छेलुङ्मा राई चयन भएका छन् । त्यस्तै, साजन राई, दिपक कार्की, गोपाल शेर्पा, केदार साह, बृजनन्दन साह, राजु तामाङ , हिरा ताम्राकार, सुकमाया तामाङ, चन्द्रमाया खड्का सदस्य रहेको १५ सदस्यीय कार्य समिति गठन भएको हो ।
२०७३ सालमा स्थापना भएको नया कार्य समितिको कार्यकाल दुई बर्षको रहने छ । यस अगाडि सचिव रहेका अध्यक्ष उदय ठटालले मन्दिर क्षेत्रको विकास र संरक्षणमा आफु लागि पर्ने दाबि गर्नुभयोे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x