चतरा (संगम बिष्ट) । बराहक्षेत्र १ स्थित औलिया बाबा तथा छिन्नमस्ता संरक्षण मञ्चले दोस्रो दिन बुधबार वराहक्षेत्र २ का २२ बिपन्न परिबारलाई राहत स्बरुप खाद्यन सहयोग गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिट १९) सक्रमणले निम्ताएको परिस्थीतिले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने परिवारलाई सकसमय बनाएको र न्यून आय भएका परिवारलाई खाद्यनको जोह गर्न नै कठिन परिरहेको समयमा मञ्चले पहिलो दिन मङलवार वराहक्षेत्र १ का बिभिन्न टोलका १५ परिवारलाई खाद्यन सहयोग गरेको थियो ।

मञ्च अध्यक्ष उदय ठटालका अनुसार २ नम्बर वडाका विभिन्न टोलका २२ परिबारलाई पदाधिकारीहरुको टोलीले घर घरमा पुगेर खाद्यन प्रदान गरेको थियो । राहत सामाग्रीमा चामल, दाल, सोयविनतेल , नुन, चिउरा र स्वास्थ्य सामाग्री माक्स प्रदान रहेको थियो ।

मञ्चका अध्यक्ष ठटालका अनुसार मनिष तामाङ, श्याम हार्डवेयर, मधु कुमार राई , शान्ति इन्दु राई लगाएतले गरेको सहयोगबाट राहत स्बरुप खाद्यन सहयोग गरिएको हो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap