(दिलिप पोख्रेल) उर्लावारी। प्रकृतिक तेल र पेट्रोलियम पदार्थ प्रचूर मात्रामा पाइने देशभित्र पर्छ कतार । विश्वको तेस्रो धेरै जीडीपी भएको मुलुक हो यो । मानव विकास सूचांक पनि यसको उच्च छ । सन् २०२२ को विश्वकप फुटबल यही आयोजना हुँदैछ ।

धेरै नेपालीहरु कतारमा निर्माण क्षेत्रका लागि काम गर्न लगिन्छ । अधिकांस कामदारहरु लेबर,सेक्युरिटीलगायतका हुन्छन् । कमैले अफिसभित्र काम गर्ने अवसर पाउँछन् ।

विश्व बैंकले यो देशलाई उच्च आय तथा आर्थिक कारोबार भएको मुलुक मानेको छ । नेपालभन्दा कयौं गुणा ठूला अर्थिक कारोबार गर्ने कतारको कमर्सियल बैंक त्यहाँको दोस्रो ठूलो बैंक हो । त्यहाँका हजारभन्दा बढी कामदार छन् । त्यही बैंकमा कार्यरत छन् मोरङ उर्लावारीका नविन पौडेल,३३ । उक्त बैंकका सीईओ हुन् जोसेफ अब्राहाम । पौडेल उनै बैंकरका एसिस्टेन्ट छन् । उनी त्यहाँ विगत १३ वर्षदेखि कार्यरत छन् ।

ताप्लेजुङको विकट ढुंगेसाघूमा जन्मिएका पौडेल कतारमा बैंकरको रुपमा रहेपनि उर्लावारी आउँदा उनको परिचय सामाजिक कार्यमा सक्रिय युवा हो । आफैंले स्थापना गरेको नविन फाउण्डेशन फर एजुकेशन एन्ड स्पोर्टस् मार्फत पौडेलले उर्लावारी लगायत नेपालका विभिन्न ठाउँहरुमा सहयोग पुर्‍याउँदै आएका छन् ।

उनले आफ्नो संस्था मार्फत देशका विभिन्न कुनाकाप्चामा रहेका बालबालिकाहरुको शिक्षामा सहयोग पुर्‍याउँदै आएका छन् । हालसम्म दर्जनभन्दा बढी संस्था तथा क्षेत्रहरुमा सहयोग पुर्‍याएका पौडेलले मुख्य गरी शिक्षा र खेलकुदमा बढी गर्छन् ।

भूगोल र आर्थिक हिसाबले बाल्यकाल ठगिएपनि ३३ वर्षको उमेरमा उनको जीवनमा धेरै आरोहअवरोह झेले । ढुंगेसाँघू-३ मा जन्मिएका पौडेल २०५२ सालदेखि उर्लावारीमा बसोबास गर्दै आएका छन् । उर्लावारी-२ स्थित सुनपकुवा माविबाट २०६० सालमा एसएलसी दिएपनि आर्थिक अवस्था कारण कक्षा १२ सम्म मात्रै पढ्न पाए । पढाइलाई पूर्णविराम दिँदै उनले सुनौलो भविष्यका लागि काठमाडौं रोजे ।

काठमाडौंको ५ तारे अन्नपूर्ण होटलमा काम गर्दा गर्दै उनी भिसा लागेर कतार गए । कतारमा काम गरेको १६ महिनापछि पौडेलले कमर्सियल बैंकमा अन्तर्वार्ता दिँदै बैंकिङ यात्राको थालनी गरे । सुरुवाती दिनमा क्लर्कको रुपमा गरे । पदोन्नति हँदै उनी बैंकको प्रमुख कार्यकारी अधिकृतको सचिवालयमा कार्यरत छन् । त्यो बीचमा उनलाई बैंकले लाखौं खर्च बैंकिङ एड्मिनिस्ट्रेसनमा डिप्लोमा अध्ययन गरायो ।

उर्लावारी २ स्थित सुनपकुवा माविको पहिलो कम्प्युटर पौडेलले उपलब्ध गराएका हुन् । विद्यालयलाई कम्प्युटर मैत्री बनाउने उनको योगदान रह्यो । सन् २०१३ मै उनले उक्त विद्यालयका १३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराए । नमुना बाल गृह उर्लावारीमा पनि उनको सहयोग रह्यो । रामेछापका विकट गाउँपलिकाका दुई जना विद्यार्थीको कक्षा १० सम्म अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च उनले तिरिरहेका छन् । उर्लावारीका दृष्टिविहीन राई दम्पत्तिलाई होस् या तथा भूकम्प आउँदा गठित उर्लावारी सर्वपक्षीय राहत संकलन समितिमार्फतको सहयोग नै किन नहोस् परेको खण्डमा उनी सधैं उपस्थित हुने गरेका छन् ।

२०७२ सालको विनासकारी भुकम्पले पिडित बनाएका ४३ परिवारलाई उनि स्वयम् उपस्थित भएर प्रत्येक परिवारलाइ नगत रु २,५०० का दरले जम्मा एकलाख सातहजार पाचसय सहयोग गरेका थिए भने पचास हजार बराबरको खाद्यान्न पनि सहयोग गरेका थिए ।सुनझोडाको चाँदनी युवा क्लबका खेलाडीहरुका लागि खेलकुद सामग्रीहरु हस्तान्तरणदेखि धादिङको बुढानीलकण्ठ गाउँपालिकाका विद्यार्थीहरुलाई उनले सहयोग गर्दै आएका छन् । कोरोना कहरका बेला उर्लावारी नगरपालिकाद्वारा गठित राहत समिति मार्फत उनले ३० हजार बराबरको खाद्यान्न सहयोग गरे ।

हालै मात्रै उनले डुम्रेस्थित क्यान्सर पिडित पुर्णबहादुर धिमालको परिवारलाइ खाद्यान्न सहयोग गरेका छन् । उनको सहयोग निरन्तर जारी छ । कतारमा रहेपनि उनले सन् २०१४ मा त्यहाँ रहेको नेपाली राजदूतावासको सेल्टर हाउसको व्यवस्थापनमा पनि सहयोग पुर्याएका थिए । हिजोआज १ हजारको सहयोग गरेर १ लाखको प्रचारबाजी गर्ने होडबाजी छ उर्लावारीमा । गरिबदुःखी र अन्य पीडितहरुलाई १ बोरा चामल दिने अनि त्यहाँ १० जना मानिसहरु जम्मा भएर फोटो खिचेर सामाजिक सञ्जाल रंग्याउने चलन उर्लावारीमा बढेको छ ।

‘मनबाट गरेको सहयोग हो भने मानिसले प्रचारबाजी गर्दैन्,’ पौड्याल भन्छन्,’काम गर्ने हो तर सय रुपैयाँको सहयोगमा १ लाखको जसरी प्रचारबाजी गर्नुहुँदैन । फेसबुकमा हाल्ने भन्दा यो आत्मसन्तुष्टि हो ।’ यद्यपि बेला बेला मानिसहरुालई इन्स्पायर गर्नका लागि पनि प्रचार गर्नु पर्ने उनी बताउँछन् । ‘प्रचार गर्नु नराम्रो काम पनि हैन,’उनी भन्छन्,’एक पोका चाउचाउ दिएर २० जनाले हात समाउनु राम्रो हैन ।

यसले गलत अर्थ हुन्छ । यस्तो कार्य गर्नुहुँदैन ।’ यसमा सचेत हुन उनी सबैलाई सल्लाह दिन्छन् ।करिब ३ दर्जनभन्दा बढी बालबालिकाहरुलाई निःशुल्क छात्रवृत्ति दिँदै आएका नविनको नजरमा शिक्षा नै सबै कुरा हो । आफूले पढ्न नपाएपनि कोही पनि नेपाली बालबालिकाहरुले आधारभूत शिक्षाबाट वञ्जित नहुन् भन्ने भावना रहेको उनले बताए । ‘म धेरै सामान्य परिवारमा जन्मे हुर्केँ । पारिवारिक तथा आर्थिक कारणले गर्दा अध्ययनलाई अगाडि बढाउन सकिनँ ।

त्यसपछि दुःख गर्ने शिलशिलामा यो अवस्थामा छु,’ नविन भन्छन्, ‘मेरो सानो सहयोगले गर्दा कसैले शिक्षा पाउँछ भने त्यो किन नगर्ने र आधारभूत शिक्षाबाट वञ्चित हुनुहुँदैन भन्ने मेरो पहिलो ध्येय हो ।’ उनको नजरमा नेपालका वित्तिय संस्थाहरु सेवाग्राहीमैत्री छैनन् । उनीहरुले ग्राहकहरुलाई चित्त बुझाउनका सकेको छैन । बैंकिङ क्षेत्रको राम्रो जानकारी सेवाग्राहीहरुले नपाएको उनको बुझाइ छ । आफूले बैंकमा जम्मा गरेको पैसा निकाल्न पनि उल्टै पैसा तिर्नुपर्ने बाध्यता नेपालमा रहेको उनी बताउँछन् ।

उनको नजरमा नेपालका वित्तिय संस्थाहरु सेवाग्राहीमैत्री छैनन् । उनीहरुले ग्राहकहरुलाई चित्त बुझाउनका सकेको छैन । बैंकिङ क्षेत्रको राम्रो जानकारी सेवाग्राहीहरुले नपाएको उनको बुझाइ छ । आफूले बैंकमा जम्मा गरेको पैसा निकाल्न पनि उल्टै पैसा तिर्नुपर्ने बाध्यता नेपालमा रहेको उनी बताउँछन् ।

भन्छन्, ‘नेपाली बैंकिङको विक प्वाइन्ट भनेको एकाउन्ट खोल्दा डेबिट कार्डको पनि पैसा लिन्छ । बैंकले कस्टमरलाई एउटा डेबिट कार्ड पनि निःशुल्क दिन सक्दैन भने त्यो बैंकको कमजोरी हो । आफूले डिपोजिट गरेको पैसा निकाल्नका लागि पनि पैसा तिर्नुपर्ने र एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा प्रत्येक ट्रान्जेक्सनको पैसा लिने गर्छन त्यसले गर्दा कस्टमर जैले पनि मारमा मात्रै पर्ने देखिन्छ र विश्व डिजिटल बैंकिङतिर ढल्किदै गर्दा नेपालमा भने डिजिटल मैत्री नभईकन कस्टमरलाई बैंककै काउण्टरमा जानु पर्ने बाध्यता बनाइदै छ ।

जसले गर्दा बैंकको अपरेटिङ कस्ट बढ्ने हुन्छ ।’ पौडेल भन्छन्,’साल भरिमा नेपालका A बर्गका बैंकहरुको मुनाफा एक अर्ब भदा पनि धेरै हुन्छ र त्यसको खुसियाली मनाइन्छ तर कस्टमर कतिको खुसि छन भन्ने चै कहिलेपनि ख्याल गरिदैँन, बैंकहरु धेरै नाफामुखी हुने तर कस्टमरको चाहनालाइ त्यति ध्यानमा राखेको देखिदैन । ‘ उनको विचारमा कस्टमरले एक बैंकको एटिएमबाट अरु कुनै पनि बैंक एटिएमबाट निःशुल्क पैसा निकाल्न पाउनु पर्छ । उनले आफू प्रोफेसनल बैंकर नभर बेंकिङको एड्मिनिस्ट्रेसनतिरको व्यक्ति भएको बताए ।पछिल्लो समय उर्लावारीका गतिविधिहरु विदेशबाट नियाल्ने युवाहरुभित्र पर्छन् नविन ।

सधैं नविन सोच बोक्ने उनी उर्लावारीको विकासका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर राजनीतिक स्वार्थ त्याग्नुपर्ने धारणा राख्छन । काम गर्दा जस खोज्नुभन्दा सबैको सामूहिक भावना मिल्ने गरी काम गर्न उनको सुझाव छ । युवाहरुले संघर्ष र मिहिनेतलाई पहिलो प्राथमिकता दिनुपर्ने उनले सुझाए । अब आउने पुस्ता राजनीतिक दलहरुमा आबद्ध हुँदा नेताको आचारण,लिडरले कसरी लिड गरेको छ भन्ने कुराको जानकारी लिएर मात्रै लाग्न उनले सुझाव दिएका छन् ।

युवाहरु हचुवाको भरमा राजनीतिमा नलाग्न पनि उनले अपिल गरेका छन् । युवाहरुले आफूमा भएको सीप र ज्ञान सहि ठाउँमा प्रयोग गर्दै राजनीतिक दलका नेताहरुलाई खबरदारी गर्न सक्नुपर्ने बताए । उनले उर्लावारीका युवाहरुलाई राजनीतिक दलका नेताहरुले आनो व्यक्तिगत स्वार्थका लागि विभिन्न प्रलोभनमा पारि प्रयोग गर्न सक्ने हुनाले युवाहरु सदैब भन्दै सेचत हुन अपिल गरे ।शिक्षा नै सबैभन्दा ठूलो कुरा बताउँदै पौड्यालले सबैलाई सकेसम्म शिक्षा दिने कोसिस गर्न अपिल गरे । आत्मनिर्भर बन्न पनि शिक्षा आवश्यक रहेको उनको बुझाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap