धरान । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टका कारण लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । 

नेता पौडेलले ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा धरान उपमहानगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले जनताले दिएको मतको आज प्रधानमन्त्री केपी ओलीको सरकारले लत्याउँदै लोकतन्त्रमाथि नै खतरा निम्त्याएको आरोप लगाउनुभयो । उहाँले ओलीको संंसद विघटनका कारण नेपाली जनता, पार्टीका कार्यकर्तामाथि धोका भएको बताउदै लोकतान्त्रिक संविधानलाई सडकमै फाल्ने काम भएको बताउनुभयो । उहाँले संविधानमा कही कतै उल्लेख नभएको कुरा केपी ओलीले गरेको आरोप समेत लगाउनुभयो । उहाँले नेकपाको आन्तरिक द्वन्द्व र कुर्सी मोहका कारण अहिलेको जटिल परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले यस कदमलाई ‘ऐतिहासिक कदम’को संज्ञा दिनुभएको छ । उहाँले प्रदेश नं. १ प्रति संकेत गर्दै प्रदेश सरकारमा समेत संसदीय अभ्यास नभएको आरोप लगाउनुभयो । उहाँले प्रदेश सरकारमा समेत कम्युनिष्टहरुमा कुर्सीको खेल भएको आरोप लगाउनुभयो । उहाँले सर्वोच्च अदालतले पनि सोच विचार गरेर फैसला गर्ने विश्वास गर्दै  अदालतको निर्णयलाई नेपाली कांग्रेसले स्वीकारेर जाने बताउनुभएको छ । 

धरान उपमहानगरका प्रमुख तिलक राईले प्रजातन्त्र दिवसले सबैलाई एकताको सुत्रमा बाँध्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रममा संसदिय दलका नेता तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजिप कोइराला, उपप्रमुख मञ्जु भण्डारी सुवेदी लगायतले सम्बोधन गरेका थिए । 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap