धरान, ११ कार्तिक । कर्तिक ११ गते नेपालमा देशभर थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ। जम्मा ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। ६६४ जना सन्क्रमणमुक्त भएका छन् । बिहीबार ५९१ सक्रमित थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको कुल संख्या १० हजार २३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x