धरान : नेपाली कांग्रेस इनरुवा नगरपालिका वडा-३ को वडा सभापति सुनोज निरौलले उमेदवारी घोषणा गरेका छन् ।

१३ औ महाधिवेशनबाट वडा सभापतिको जिम्मेवारी सम्हाल्दै आएका निरौलाले नजिकिदै गरेको आसन्न १४ औं महाधिवेशनमा पुनः वडा सभापति पदको जिम्मेवारी सम्हालेर कांग्रेसको संगठनलाई बलियो बनाउने कार्य गर्ने र वडाका जनतालाई सहज हुने काम गर्ने पुर्न सभापतिको उमेदवार भएको बताएका छन् ।

नेपाली कांग्रेस इनरुवा-३ का वडा सभापतिमा एक कार्यकाल पुरा गरी सकेका छन् । उनले फेरी एक कार्यकालका लगी वडा सभापति पदमा जिम्मेवारी सम्हाल्नका लागि आफू उम्मेदवारी घोषणा गरेको बताए ।

आफू वडा सभापति भएपछि सबैलाई बराबरी दृष्टिकोणले जिम्मेवारी पूरा गरको हुदाँ यसपटको महाधिवेशनबाट पुनः वडा सभापतिको जिम्मेवारी दिनका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

वडा सभापति निरौला हाल इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताका स्वकीय सचिव समेत हुन् ।नेपाल बिद्यार्थी संघको राजनीतिबाट मुल पार्टीमा प्रवेश गरेका निरौला २०५३ सालमा भगवती माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघका सचिव हुँदै औपचारिक रुपमा नेबिसंघको राजनीतिमा प्रवेश गरेका थिए ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका निरौला १३ औं महाधिवेशनबाट इनरुवा–३ का वडा सभापतिमा निर्वाचित भएका थिए ।निरौलाको सामाजिक क्षेत्रमा पनि योगदान रहेको छ । नगर कर्णधार समुह९नकस० को पूर्व सचिवको पनि जिम्मेवारी सम्हालि सकेका योग्य र सक्षम युवा नेताका रुपमा परिचित छन् ।

नेपाली कांग्रेस पार्टीका लागि दिनरातको वास्ता नगरीकन काम गर्ने लगनशिल र क्रियाशिल युवा नेताको भूमिका निर्वाह गर्दै आइरहेका छन् । सामुदायिक विकास संस्था९सिडिओ० सुनसरीको सचिव पदमा रहेर सामाजिक क्षेत्रमा पनि उनको योगदान रहेको छ ।

युवाहरुको नेतृत्व विकास गर्ने थलोको रुपमा रहेको इनरुवा जेसिज वर्ष २०१६ का पूर्व अध्यक्ष समेत रहेका निरौला नेपाल जेसिज वर्ष २०१७ का राष्ट्रिय प्रकरण निर्देशक र नेपाल जेसिज वर्ष २०१८ का राष्ट्रिय अध्यक्षका सल्लाहकार समेत भइसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x