काठमाण्डै, २२ कार्तिक। नेपाल फ्रेट फरवार्डर्स(कार्गो) एसोसिएसन ९नेफा०का अध्यक्ष मनोज अधिकारी बलात्कार आरोपमा
पक्राउ परेका छन्।अधिकारीलाई १६ वर्षीया किशोरीको जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त मालीगाउँको टोलीले पक्राउ गरेको हो ।

आरोपित ४९ वर्षीय अधिकारीले रातोपुलमा लगेर किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रहरीका अनुसार घटना कात्तिक ८ गतेको रहेकोछ। घटनापछि पीडित किशोरिका तर्फबाट अधिकारीविरुद्ध प्रहरीमा बलात्कार अभियोगमा किटानी जाहेरी परेको थियो।

कात्तिक १६ गते (घटनाको ८ दिनपछि) अधिकारीलाई प्रहरीले ठमेलबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अधिकारीविरुद्ध किशोरी बलात्कार अभियोगमा अनुसन्धान अझौ भइरहेको बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x