पुष २०। कुखुराको दानाको मूल्य बृद्दि भएको छ।दाना बनाउन प्रयोग गरिने कच्चा पदार्थ:मकै, भटमास र फिड सप्लिमेन्टहरूको मूल्य आकाशिएपछि दानाको भाउ पनि बढेको हो। अन्तरराष्ट्रिय बजारमानै यस्ता वस्तुको मूल्य बढेपछि नेपाली बजारमा समेत त्यसको असर पर्न गई दानाको मूल्य करीब दोब्बरले नै बढेको छ ।

प्रतिकिलो ६ रुपैयाँका दरले मूल्य बढाइएको नेपाल दाना उद्योग संघले जनाएको छ । यस अनुसार बी जिरो दानाको मूल्य प्रतिकिलो ८४ रुपैयाँ, बी वान दानाको मूल्य प्रतिकिलो ८२ रुपैयाँ, बि टु दानाको मूल्य प्रतिकिलो ८० रुपैयाँ र बी थ्री दानाको मूल्य प्रतिकिलो ७८ रुपैयाँ तोकिएको संघका अध्यक्ष रविन पुरीले बताएका छन् । कोरोना महामारीको असर विश्व अर्थतन्त्रमा परेपछि दाना बनाउन प्रयोग गरिने कच्चा सबैजसो कच्चा पदार्थ कुखुरालाई खुवाइने भिटामिन र औषधिहरूमा २५ देखि ३० प्रतिशतसम्म मूल्य बढेको नेपाल दाना उद्योग संघले जनाएकोछ ।

पछिल्लो १ वर्षको अबधिमा भट्मासको मूल्य किलोमै ५५ रुपैयाँले बढेर ५० रुपैयाँ प्रतिकिलो बाट १ सय ५ रुपैयाँ कायम भएको छ भने मकैको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ । पछिल्लो समय चिनियाँ व्यवसायीहरूले भटमास तथा सोयाबिन लगायत कच्चा पदार्थको खपत अत्यधिक रूपमा बढाएकाले अन्य देशहरूमा यसको अभाव हुन गई मूल्य बढेको हुन सक्ने व्यवसायीहरूको अनुमान छ ।नेपालमा दाना उत्पादन गर्न आवश्यक पर्ने ८० प्रतिशत मकै र करीब ९९ प्रतिशत भटमास अमेरिका, ब्राजिल र भारत लगायत देशबाट आयात गर्ने गरिन्छ ।

दानाको मूल्य निरन्तर रूपमा बढेपछि कुखुराको मासुको मूल्य समेत बढेको छ । यसअघि पुस ६ गतेसम्म प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुराको मासुको मूल्य बढेर यतिबेला ३ सय ४५ रुपैयाँ कायम भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x