इटहरी । मोरङको सुन्दरहरैचा नगरपालीका ५ लाटिझोडास्थित गत साउन २५ गते कृयापुत्री बसेकै अवस्थामा सामुहिक कुटपिट पछि फरार रहेका मध्ये २ जनालाइ गछिया प्रहरीले पक्राउ गरेको छ ।

कृयापुत्री बसेकै बेला ६ जनाको समुहले सोहि वडाका स्थानीय खड्गकुमार अधिकारी र टेकनाथ अधिकारीमाथि आक्रमण गरेका थीए । पिडित पक्षले घटना भएको भोलिपल्टै प्रहरीमा उजुरी दिएका थीए ।

अभियुक्तहरूलाइ खोजि गर्ने क्रममा प्रहरीले गत फागुन २ गते मोरङको सुन्दरहरैचा नगरपालिका ५ बाट राती २ जनालाइ नियन्त्रणमा लिएको छ । प्रहरीले सुन्दरहरैचा ५का २६ बर्षिय सोनाम भनिने भाइसन तामाङ र सोहि स्थानका २८ वर्षिय दिपेन्द्र राइलाइ नियन्त्रणमा लिएको हो ।

उनिहरूलाइ पिडितले दिएको उजुरीपश्चात नियमित खोज तलासको क्रममा सोहि वडाको बाँसघारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरी आवस्यक अनुशन्धान अघि बढाइएको गछिया प्रहरी चौकीका प्रहरी नायव निरिक्षक बिपिन थापाले बताए ।

६ जनाबिरूद्ध किटानी जाहेरी परेपनि दुइ जनामात्र पक्राउ परेको र बाकिका ४ जना अझै फरार रहेकोले उनिहरूको पनि खोजि कार्य भइरहेको प्रहरी नायव निरिक्षक थापाले बताए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap