पुष १५। भेरी अस्पताल नेपालगन्जको क्वरटरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् भने तीन जना बेहोस अवस्थामा भेटिएका छन्।भेरी अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत भट्टराई, उनका ३ महिनाको छोरा इप्सन भट्टराई, सासु ४३ वर्षीया कोकिला भटटराई, धर्मप्रसादकी जेठानी दिदी नाता पर्ने कोली भट्टराईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ति मगरका अनुसार चिसोबाट बच्‍न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए ।

बेहोस अवस्थामा रहेका नरेन्द्रप्रसाद भट्टराईसहित अन्य ३ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहीबार भट्टराईका आफन्तहरु आएको र एउटै कोठामा सुतेको जनाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x