धरान । कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएपछि सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड सुनसरी जिल्लामा अनिवार्यरुपमा लागु गर्ने निर्णय गरिएको छ ।

आज शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसि बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणमा चेतनाको अभावले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्राई भइरहेको ठहर गर्दै उक्त बैठकले मापदण्ड अनिवार्य लागु गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीन, बाहिर निस्कनै परे मास्क अनिवार्य प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र भिडभाड नगर्ने पनि निर्णय गरेको छ । मापदण्ड लागु गराउन सम्बन्धित स्थानीय निकाय प्रहरीको समन्वयमा सम्बन्धित स्थानीय तहले व्यापकरुपमा प्रभावकारी प्रचार, प्रसार, माइकिङ, मास्क वितरण तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap