📝–लोकराज निरौला


निरंकुश सामन्ती राजतन्त्र वा निरंकुश कुनै पनि राज्यसत्ता साशकहरुले जात, धर्म, परम्परा संस्कार संस्कृतिको आडमा आफु अनुकुल मन गढन्ते ढङ्गले नियम कानुन बनाउने आदेश हुकुम गरेर आम जनताको उच्चतम हितलाई भन्दा आफु र आÏना वर्गका मान्छेको उच्चतम हितमा साशन गर्न खोज्नु निरंकुश तानाशाही ब्यवस्थाका अवगुण मध्ये प्रमुख एउटा गुण यहि हो ।


लोकतन्त्रमा जनताले आफुलाई अन्याय मार्का परेको कुरा विरोध गर्न प्रतिकार गर्न आÏना विचारहरु राख्ने स्वतन्त्रता हुने तर स्वतन्त्रताको नाममा मन गढन्ते कुरा गर्न सडक र गल्लीमा जम्मा भएको भिडबाट सबै कुराको निर्णय गराउन खोज्नु वा आÏनो मात्र स्वार्थ र हितका कुरा गरेर नियम कानुन प्राविधिक नियमलाई समेत प्रभावित पार्न खोज्नु लोकतन्त्रका अवगुणहरु मध्ये एउटा गुण हो ।
यसबाट के कुराको पुष्टि हुन्छ भने सबै चिज वस्तु राज्य व्यवस्था नियम कानुन विचारधाराका गुण र अवगुण हुन्छन । जुन चिज वस्तुमा धेरै गुण थोरै अवगुण हुन्छन । धेरै गुण भएको विचार र कर्म अगाडी बढ्छ । धेरै अवगुण भएका कुराहरु पछाडी पर्दै र लोप हुदै जान्छन । तर मान्छेलाई बढी न्याय स्वतन्त्रता भयो भने त्यसबाट अराजक प्रवृत्ति पनि जन्मिने रहेछ भन्ने कुरा पनि विश्व मानव समाजको सतहमा देखिदै आएको छ ।


यस्ता प्रसङ्ग र सन्दर्भहरु यो पंङतीकारको जिवनमा समाज शिक्षा, स्वास्थ्य, राजनितिक, धर्म संस्कार संस्कृति र ब्यक्तिगत जीवनका घटना क्रममा धेरै नै छन । यहा“ म पछिल्लो घटना क्रमको सन्दर्भलाई यहा“ जोड्न गई रहेको छु ।


२०६१ सालमा धरान–१५ सेउती खोलाको पूर्व गढतिर बगरमा धेरै भूमिहिन सुकुम्बासीहरु बसोबास गरे भूमिहिन सुकुम्बासीहरुको बसोबास स“गै त्यहा“ धेरै चलाख खेलाडीहरुको पनि चलखेल पनि हुन थाल्यो त्यहा“ भूमिहिन सुकुम्बासी भन्दा पनि वरपर घर जग्गा भएका केहि चलाख मानिसहरुले घडेरी रोक्ने र बेच्नेहरुको होडबाजी नै चल्यो । केहि मान्छेहरुले त्यहि घडेरी रोकेर बेचेर दुइ वटा जर्सी गाई किनेर पछि यो वस्ती उठाउनु पर्छ भन्दै पनि हिडे म त्यो वस्तीमा वास्तविक भूमिहिन सुकुम्बासी स“ग जोडिएर काम गरी रहेको हुनाले यो वस्तीलाई कसरी स्थायी र ब्यवस्थित गर्न सकिन्छ भन्ने चिन्ता मात्र थियो ।


त्यसका लागि हामीले प्रयास गरौं प्रयत्न गरौं । जहा“ वस्ती बस्यौ वस्ती बसी सके पछि कसैले ग्रिन पार्क बनाउनु पर्ने योजना ल्याए कसैले रिङ्गरोड बनाउने योजना ल्याए । राजाको हुकुमी साशन हाम्रो कुरा सुन्दैन थिए । त्यो पनि धरान नगरपालिकामा औपचाररिक वार्तँ भयो । हामी वार्ता टोलीमा ३ जना थियौ । वार्ता टोलीका एकजना सदस्यले भन्नु भयो मलाई त बाख्रालाई घास लिएर आउदा–आउदै वस्तीको अध्यक्ष बनि दिनु भनेर अध्यक्ष भएको हु अरु कुरा मलाई थाहा छैन भन्नु भयो । अर्का वार्ता टोलीका सदस्यले भन्नु भयो यो वस्ती स्थायी हुने नहुने कुरा पछि सेउती खोलामा आउने बाढीले गर्छ अहिले हामीले यहा“ छलफल गरी रहनु आवश्यक छैन भनेर बाहिरीनु भयो त्यस पछि म एक्लै परे राजाको साशन प्रहरी प्रसाशनको पेलाईका अगाडी त्यति बेलाका राजनितिक दलका प्रतिनिधि निरिह थिए । वस्ती उठाउने निर्णय भयो मैले निर्णय प्रति असमती जनाएर सहि गरे धेरै वस्ती बासीहरुले वार्ता कस्तो भयो भनेर सोधे मलाई सुनाउन गाह्रो भई राखेको थियो ।
मैले वार्ताको क्रममा रिङ्ग रोड बनाउने ग्रिन पार्क बनाउने भन्ने तर्क गर्ने मानिसहरुलाई हाम्रा भूमिहिन सुकुम्बासीहरु त्यति मुर्ख छैनन हामीले रिङ्ग रोड मात्र होइन तीन लेन रोड बन्ने सडकको भाग छोडेका छौ । स्थानिय दाह संस्कारको घाटको लागि मलामी विश्रामालय र एउटा प्राथमिक तहको विद्यालय सञ्चालन गर्ने जग्गा समेत छोडेका छौ भनेर तर्क गरि सकेको थिए तर पनि वस्ती उठाउने निर्णय भयो निर्णयमा पुनारालोकन हुने अवस्था थिएन । ग्रीन पार्क माग्नेहरु केहि दिनमा हङकङ युके तिर लागे ।


मलाई मेरो पनि नाम जोडिएकोले वस्ती जोगाउने चिन्ता थियो । त्यसै क्रममा हामी जग्गा मात्र रोक्ने होइन वर्तमान र भावी विकासको लागि पनि त्यत्तिकै चिन्तनशील छौ भनेर प्रमाणित गर्न वस्तीको माथिल्लो भागमा मलामी विश्रामालयको उद्घाटन गरायौ । उद्घाटन गर्न सरकारी निकायहरु सबै हाम्रो विपक्षमा थिए । कसैलाई निमन्त्रणा गर्ने अवस्था थिएन । २०५९ साल देखि कुनै पनि निकायहरुमा जन प्रतिनिधिहरु थिएनन । देश, सेना, प्रहरी र कर्मचारीहरुले चलाई रहेको अवस्था थियो । हामीले तत्कालिन निराजन वस्ती कल्याण समाजका अध्यक्ष हाल धरान उपमहानगरपालिका १५ नं. वडा अध्यक्ष्ँ नरेश कुमार इवारमलाई प्रमुख अतिथि बनाएर मलामी विश्रामाय उद्घाटन गरीयाे ।


यतिले मात्र वस्ती जोगिने अवस्थामा थिएन किन की धरान नगरपालिकामा वस्ती उठाउने निर्णय भई सकेको थियो । त्यहि बेला मलाई एक जना सुकुम्बासी नेताले राजदरबार निकट सकुम्बासी नेता हुकुमसिंह लामालाई भेट गराए उनको र मेरो २०४८ सालमा सुकुम्बासीहरुकै भेलामा काठमाण्डौ गौशालामा भेट भएको थियो । उनीहरु बाहिर सुकुम्बासीका कुरा गरे पनि भित्र दरबारको पक्ष्ँमा सुराकी गर्दथे त्यो कुरा थाहा पाए पछि मैले तिनीहरुको राष्ट्रिय सुकुम्बासी व्यवस्था तथा जन सुधार संघ नामक संस्था नै छोडिदिएको थिए । मलाई वस्ती जोगाउन धौ धौ भएको बेला राजाको साशन भएको बेला दरबार निकटको मान्छे भेट्दा मैले समस्याहरु राखे उनले राजालाई एउटा बिन्ति पत्र लेख्न सुझाए म दरबारमा पु¥याई दिन्छु भने होटलमा बसेर चिया त पिइयो तर बिन्तिपत्र कहा बसेर लेख्ने समस्या भयो एक जना सुन पसल गर्ने साथीको पसलमा बसेर वस्ती नउठाई पाउ भनी राजदरबारमा बिन्ति पत्र लेखियो र हात लगाइयो । बिन्तिपत्र पुगे पछि दरबारले धरान नगरपालिका यहा“का पुलिस प्रसाशनमा वस्ती उठाउने निर्णय तत्काल कार्यन्वयन नगर्नु भन्ने निर्देशन आयो । यस्तो निर्देशन आउदा म धरान नगरपालिकाको कार्यकारी अधिकृत डण्डुराज घिमिरेको कार्य कक्षमै थिए । दरबारको फोन उठाई सकेर उहा“ले कार्यकक्षमा जम्मा भएका मानिसहरुलाई भन्नु भयो यी सुकुम्बासीहरु स“ग त सावधान हुनु प¥यो है त्यहा त नियम कानुन जान्ने हामीलाई घुमाउने र दरबार सम्म पहुच भएका मान्छेहरु रहेछन । म चुप–चाप सुनी मात्र रहे म त्यो दिन त्यो कामको सिलशिलामा गएको पनि थिइन अर्कै सिलशिलामा गए पनि वस्ती जोगिने कुरा थाहा पाइयो । ज्यादै खुसी लाग्यो बेलुका मेरा सहयोगीहरुलाई बोलाएर यो कुरा पनि सुनाए तर मैले जुन सुन व्यवसायी मित्रको पसलमा बसेर राजालाई बिन्ति पत्र लेखे त्यो मित्रले अहिले सम्म तपाई कम्युनिष्ट भएर राजालाई बिन्ति पत्र लेख्ने कस्तो खालको कम्युनिष्ट हो भनेर सोधीरहनु हुन्छ । सत्ता जो स“ग हुन्छ त्यो स“ग काम लिन उसको विधि पु¥याउ नै पर्दो रहेछ । मैले एक घण्टा लगाएर राजालाई बिन्ति पत्र लेख्दा ४०० घर वस्ती जोगिएको थियो त्यो वस्ती जोगाउन अन्य कुनै आन्दोलन गर्नु परेन मैले त्यसैलाई ठूलो उपलब्धी ठाने मैले वस्तीमा रोकेको एउटा घडेरी पनि मैले थाहै नपाई मेरा भाई भतिज हरुले बेचेर खाई सकेछन त्यो पनि मैले खोजिन किन कि त्यो बेला सम्म मेरो एउटा बस्ने झुप्रो आÏनै भई सकेको थियो ।


आज हाम्रो सुकुम्बासी वस्तीमा पहिला जग्गा रोक्ने संघर्ष गर्ने मान्छे छैनन त्यहा“ जग्गा किनेर बस्ने मानिसहरुको बाहुल्यता छ । त्यसैले उनीहरु वस्तीको स्थायित्वका लागि संघर्ष गर्ने मानिसहरु होइन वस्ती स्थायित्व भई सके पछि सेकुवा पसल खोल्नेहरुलाई सम्मान र श्रद्धा गरी रहेका छन । त्यहि मलामी विश्रामालय र तीन लाइन सडकले स्थायी भएको वस्तीमा आज कोहि सडक निर्माणका लागि एक फुट जग्गा नछोडने अरे मलामी विश्रामालय वस्ती छेउमा भयो रे त्यसलाई हटाई दिनु पर्ने अरे परापूर्व काल देखि दाह संस्कार गर्दै आएको र यस समसान घाटमा लाश जलाउन दाह संस्कार गर्ने घाटमा लाश जलाउन नपाउने नियम कहिले देखि आयो यो आज अचम्म लागेर आयो ।
यहा“ मैले भन्न र उठाउन खोजेको कुरा के हो भने कोभिड–१९ कोरोना भाईरस संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिए पछि भारत र नेपालमा मृत्यु हुनेको सङ्ख्या दिनानु दिन बढी रहेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका मृतकहरुलाई पहिलो चरणमा सरकारी तवरबाट खाल्डोमा गाडेर अन्तिम संस्कार गरिदै आएको भएता पनि दोस्रो लहरमा भने आÏनो धर्म संस्कार परम्परा अनुसार शवलाई गाडेर वा जलाएर पनि अन्तिम दाह संस्कार गर्न सकिने सरकारको स्वीकृति भए पछि भारत लगायत नेपालका विभिन्न श्यमसान घाटाम शव जलाएर दाह संस्कार भई रहेका छन । मृतक मानिसको शवमा कोरोनाका किटाणु ९० प्रतिशत संक्रमण हुन नसक्ने भएकोले स्वास्थ्य सावधानी र मापदण्ड अपनाएर शवलाई जलाउन सकिने स्वास्थ्य विज्ञहरुको भनाई अनुसार समसान घाटमा लाश जलाउन लैजादा रोग संक्रमण हुन्छ भन्ने मन गढन्ते हल्लाको भरमा स्थानियहरुले अवरोध गर्न थाले पछि कोरोना संक्रमणबाट मृत्यु भएका परिवारजनमा पिडा माथि झन पिडा महसुस भएको छ । धरान–१४ र १५ को संगम स्थलमा रहेको खत्रीधारा दाह संस्कार स्थलमा पनि कोरोना संक्रमण भएको व्यक्तिलाई दाह संस्कार गर्न नदिएर धरानलाई मानवीय संम्बेदन शीलता हराएको शहरको रुपमा परिचय गराएको छ । यसको सिको छिमेकि नगरपालिकाहरुले पनि गर्न थाले पछि कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको परिवारमा ठूलो चोट पुग्न गएको छ । जसले यो कुराको विरोध गरी रहेको छ । उसको घर परिवारमा त्यस्तो घटना भएर मृतकको शवको अन्तिम संस्कार गर्न नपाउदा कस्तो अनुभव हुन्छ होला । आफुलाई त्यस ठाउ“मा राखेर आज केहि मान्छेहरुले हेर्न र बुझन सकी रहेका छैनन ।


हैजा रोग महामारीले कसैलाई छोड्दैन भोली कस्लाई के पर्छ त्यो कसैलाई थाहा छैन । आज कोरोना संक्रमणबाट मृत्यु भएका मृतकहरुलाई परापूर्व काल देखि दाह संस्कार गर्दै आएको दाह संस्कार स्थलमा दाह संस्कार गर्न नदिएर पिडितहरुको पिडामा मलम पट्टि गर्नुको सट्टा नुन चुक छर्किने काम गरि रहेका छन । भोली हामी र हाम्रो परिवारमा यस्तो घटना आईपर्दा हामीलाई कहि पनि शव ब्यवस्थापन गर्न अन्तिम संस्कार गर्न अवरोध भयो भने हामीलाई कति चित्त दुख्छ होला ? आफुलाई यहा“ राखेर सोध्नु पर्दछ ।


यो कोरोना महामारीको बेला कोरोना संक्रमणबाट मृत्यु हुने हरुलाई शवको अन्तिम संस्कार गर्न नदिने मात्र होइन धेरै प्रकारका हर्कतहरु देखिएका छन । कोहि कोठा भाडा मागेर वर्षायाममा घर कोठाबाट निकाली दिने धम्कि दिने । कोहि मासिक पारिश्रामिकमा काम गरी रहेका श्रमिहरुलाई बन्दा–बन्दीको बेलाको पारिश्रामिक नदिने जनताको सेवामा अहोरात्र खटिने डाक्टर नर्स सुरक्षाकर्मीलाई दुब्र्यवहार गर्ने गरीब र कमजोर मानिसलाई हेप्ने लगायतका बैक वित्तिय संस्थाहरुले किस्ता मागेर तनाव सृजना गर्ने जस्ता विभिन्न हर्कतहरु भई रहेका छन । यस्तो हर्कत कसैले नगरौ यो बन्दा बन्दीको बेला घर धनीहरुले कम्तीमा एक महिनाको घरभाडा छुट गरी दिनुहोस । आÏनो नजिकमा कोहि असाय अराक्त आर्थिक रुपमा विपन्न परिवार जनहरु छन भने उनीहरुलाई केहि राहत दिनुहोस् नदिए पनि छुट व्यवहार गरेर कसैको चित्त दुखाउने काम नगर्नु होस तपाई हामीले सुनैको थालमा खाए पनि खाने सितै हो तीन पुस्तालाई पुग्ने कमाई दिए पनि जाने अन्तिममा चितै हो । त्यसैले अमानविय हर्कत कसैले नगरौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x