धरान – क्यान्सरको उपचार गराइरहेकी क्यान्सरका विरामी धरान-१५ की मेनुका लिम्बुले सहयोगका लागि आग्रह गरेकी छन् ।
उनी अहिले उपचारको लागि पाटन अस्पताल ललितपुरमा छिन् । पाठेघरको क्यान्सर प्रमाणित भएपछि उनलाई अप्रेसन गर्न आर्थिक अभाव भएको उनका बुवा नयन्द्र बहादुर लिम्बुले बताएका छन् । बिरामी लिम्बुको पाठेघरमा क्यान्सर हुनका साथै घाटीमा समेत इन्फेक्सन सुरु भएकोले अप्रेशन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको बिरामीका बुवा लिम्बुले बताएका छन् ।

बिरामीको अप्रेसनको लागि ३५ लाख लाग्ने अस्पतालले भनेको बताउँदै उनले सहयोगको अपिल गरेकी छन् । २५ वर्षिय लिम्बुको ७ महिनाको बच्चा समेत रहेको छ । सुरुसुरुमा खाना नरुच्ने र पानी मात्र खान थालेकी उनी काठमाण्डाैँ आमाजुले बोलाएर आमाजुकोमा गएकी थिइन् । त्यहि रहदा उनको पेट सुन्निन थालेपछि पाटन अस्पताल भर्ना गरेको बताइएको छ । सहयोग गर्न चाहने दात्रि निकाय, व्यक्ति संघ संस्थाहरुले विरामीका बुवा नयन्द्र बहादुर लिम्बुको सम्पर्क नंम्बर ९८००९३२१२९ मा सम्पर्क गर्न सक्ने छन्

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x