धरान । धरान उपमहानगरपालिका वडा न १५ निवासी पाठेघर क्यान्सर पिडित २५ वर्षिय मेनुका लिम्बुका पिता श्री नयन्द्र बहादुर लिम्बुलाई युनिक स्वयमसेवक नेपालले उपचारका लागी नगद सहयोग रकम हस्तान्तरण गरेको छ ।

बिहिवार १ न प्रदेश सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा न(१५,स्थित आफ्नै संस्थाको केन्द्रिय कार्यालय धरानमै क्यान्सर पीडितका बुबा लिम्बुलाई सोही वडाका स्थानिय समाजसेवी तथा निवर्तमान भुपु टोल बिकासका अध्यक्ष पुर्ण तामाङ वर्तमान टोल बिकास सस्थाका अध्यक्ष तथा समाजसेवी राजकुमार खत्री,नवोदित युवा क्लबका अध्यक्ष स्मित कुमार खत्री स्वयमसेवक उमा बस्नेत,युनिक स्वयमसेवक नेपाल सस्थाका सदस्य सम्झना विश्वकर्मा,सचीव सरोज कार्की,अध्यक्ष एजिला बस्नेत र सामाजिक अभियन्ता तथा सन्चारकर्मी पवन वि।क।लगायतको बिशेश उपस्तिथिमा आज नगद रु ४ लाख २४ हजार ३ सय ४५ रुपैंया पीडितका बुबालाई हस्तान्तरण गरेको हो । कलिलो उमेरमै पाठेघरको क्यान्सर भएकि मेनुका लिम्बुको ८ महिने दुधे बालक छन। परिवारको भनाई अनुसार डाक्टरले उपचार गर्न ३५ लाख लाग्ने भनेपछि उनको परिवार यतिखेर तनाव सिर्जना भएको हो। घरको आर्थिक स्थिति अत्यन्तै दयनीय एवं नाजुक भएका उनिहरुको जिवनमा ठुलो बज्रपात आएको र पीडित परिवारले छोरिलाई बचाउन यथासक्दो सहयोगको अपेक्षा राखेको छ।

लिम्बु हाल ललितपुरस्थित पाटन अस्पतालमा उपचारमा छिन।सामाजिक अभियानकै क्रममा लिम्बुको स्वास्थ अवस्थाबारे स्थानीय नवोदित युवा क्लबमार्फत थाहा पाएपछि आफुहरुले सहयोग रकम जुटाउन देशको विभिन्न ठाउँमा ूक्यान्सर पीडित मेनुका लिम्बू बचाउ अभियानूचलाएको र अझै एक महिनासम्म यो अभियानलाई निरन्तरता दिने युनिक स्वयमसेवक नेपालका सचीव सरोज कार्कीले बताउनुभयो । सहयोग रकम प्राप्त भएपछि परिवारले सस्था र सहयोगीदाताहरुप्रति खुसि तथा धन्यवाद ब्यक्त गरेका छन्।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap