धरान । किरात समुदायको आस्थाको केन्द्र ‘खुवालुङ’ क्षेत्रमा पुगेर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, धरान उपमहानगरका नगर प्रमुख तिलक राई, विज्ञ टोली र किरात राई यायोख्खाका पदाधिकारीसहितको टोलीले मंगलबार अवलोकन तथा निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री राईले खुवालुङ्ग किरात राई जातिको आस्थाको केन्द्र भएको बताउँदै यसको संरक्षण र विकासमा प्रदेश सरकार लाग्ने बताउनुभयो । खुवालुङको प्रवर्धनका लागि आवश्यक कार्ययोजना बनाएर प्रदेश सरकार अघि बढ्ने मुख्यमन्त्री राईको भनाई थियो । मुख्यमन्त्री राईले किरात राई जातिको आस्थाको केन्द्र, मुन्धुमी शक्ति केन्द्र कोशी नदीमा अवस्थित ‘खुवालुङ’ संरक्षणका लागि प्रदेश सरकारले कार्य योजनासहित पर्यटकीय क्षेत्र विस्तार गर्ने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, ‘संघीय सरकार होस् वा प्रदेश सरकार कसैले पनि यो ढुंगा (खुवालुङ्ग)लाई सार्ने, फुटाउने वा कुनै निर्णय गरेको छैन् । तर विगत केही समयदेखि अनावश्यक भ्रम सिर्जना गरी मानिसहरुलाई दिग्भ्रमित गर्ने काम भएको देख्दा मलाई दुःख लागेको छ ।’ उहाँले अनावश्यक रुपमा भ्रमको खेति गर्दै यस्ता सम्पदाहरुमाथि राजनीति नगर्न समेत आग्रह गर्नुभयो । किराती समुदायको आस्थाको केन्द्र ‘खुवालुङ्ग’को संरक्षण गरेर मात्र बोट सञ्चालन गरिने मुख्यमन्त्री राईले विश्वास दिलाउनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap