धरान । धरान १९ स्थित हरियाली सामुदायिक वनको नजिकै हावाहुरी सँगै परेको पानीले विद्युतको पोल ढल्दा खानेपानीको वेल हाउसमा विद्युत अवरुद्ध बनाएको छ ।

साविक खानेपानी संस्थानको वेल हाउसमा जाने विद्युतको पोल आज आएको हावाहुरीले लडाउँदा खानेपानी अवरुद्ध भएको थियो । आज विहानदेखि दिउँसो ३ बजेसम्म खानेपानी अवरुद्ध भएको धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले विद्युत प्राधिकारणको सहयोगमा वैकल्पिक व्यवस्थापन गरि खानेपानी सुचारु गरिएको छ । उहाँले लडेको विद्युतको पोल बनाउन भोली शुक्रबार दिनभरी नै लाग्ने जानकारी दिनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap