धरान । कोरोना विरुद्धको खोप कार्यक्रम अव्यवस्थित भएको, लापरवाही भएको भन्ने गुनासोलाई मध्यनजर गर्दै धरानमा राजनीतिक दलहरुबाट पनि अनुगमनको लागि प्रतिनिधि पठाउने निर्णय भएको छ । 

मेयर तिलक राईको अध्यक्षतामा कोरोना विरुद्धको खोप अभियान सम्बन्धमा धरान उपमहानगरपालिकामा शुक्रबार बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो । धरानमा अब केहीदिन भित्रमा अमेरिकन जोनसन एण्ड जोनसन खोप आउँदै छ । उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूह र अन्य लक्षित समुहलाई लगाईने छ । 

धरानमा गएको सोमबार, मंगलबार र बुधबार तीन दिन चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । यो खोप ५५ बर्ष उमेर भन्दा माथि र विभिन्न लक्षित समुहलाई लगाइएको थियो । तीन दिनमा धरानमा ११ हजार बढीले खोपको पहिलो मात्रा लगाएका थिए । बैठकमा तिन दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा थुप्रै कमिकमजोरीहरु भएको विषयमा समिक्षा समेत गरिएको थियो । सर्वदलिय बैठकले आगामी खोप कार्यक्रमलाई सरल र सहज बनाउने निर्णय गरेको छ । ७ वटै खोप केन्द्रहरुमा राजनीतिक दलहरुबाट समेत अनुगमनका लागि १/१ जना प्रतिनिधि पठाउने, ७ वटै खोप केन्द्रहरुमा सम्बन्धित वडाको १/१ जना जनप्रतिनिधि रहने समेत व्यवस्था गर्ने निर्णय गरेको छ । खोप केन्द्रहरुमा वडाका लक्षित समुहका नागरिकहरुलाई अलग/अलग लाईन लगाएर खोप लगाईने व्यवस्था गर्ने निर्णय गरेको छ । 

यस्तै, खोपलाई व्यवस्थित गर्न २० वटै वडाका वडाध्यक्षहरुकोे अध्यक्षतामा राजनितिक दलको प्रतिनिधिसहितको संयन्त्र (समिति) बनाई लक्षित समुहको तथ्यांक संकलन, खोप केन्द्र व्यवस्थापन गर्न समेत निर्णय भएको छ । साथै, नगरपालिकालाई सुझाव दिने गरि वडा समितिलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । 

बैठकमा उपमेयर मञ्जु भण्डारी, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी, राष्ट्रिय जनमुक्ति, संघिय लिम्बुवान, नेकपा माले, राप्रपा नेपालका नेताहरुको  उपस्थिति रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x