वराहक्षेत्र,३० कार्तिक। नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले नगरवासिलाई जारि जनगणनामा सहि तथ्यांक टिपाउन आग्रह गरेको छ । नगर समितिले आग्रह( पत्र सार्वजनिक गर्दै राष्ट्रिय जनगणनालाई सफल पार्न अनरोध समेत गरेको छ ।


नगर सभापति रमेश कार्कीले सार्वजनिक गरेको पत्रमा भनिएको छ। नेपाल सरकारले हरेक १०-१० बर्षमा गर्ने जनगणना सफल पार्नु सवै नेपालीहरुको दाहित्व हो । कोहि पनि नछुटि र नदोहोरी जनगणनाकालागि आउने गणकहरुलाइ सहि तथ्यांक टिपाउनु पर्छ ।
नेपाल सरकार तथ्याङ्ग बिभागले मेरो जनगणना सेरो सहभागी भन्ने नारा दिएर गएको बिहिबारदेखि मसिर ९ गतेसम्म गणकहरु घर/घरमा खटि रहेका छन् । राष्ट्रको अभिलेखसंग जोडिएको जनगणना कार्यमा नेपालमा बि।स। १९६८ सालदेखि सुरु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x