धरान। पाँचथर जिल्ला हिलिहाङ गाऊँपालिका ७ टारी स्थित मेचिराज मार्गमा झापाबाट ताप्लेज़ुङ तर्फ़ खाद्यान्न लिएर जादै गरेको गाड़ी अनित्यत्रित भई दुर्घटना भएको छ।

आज २५ ग़ते ९:३०बजे झापाबाट ताप्लेज़ुङ तर्फ़ खाद्यान्न बोकि हिडेको बस प्रदेश न:१ लेखको ०१-००१ च ७६९१ नम्बरको पिकअफ गाड़ी आफै अनित्यत्रित भई रोडबाट अन्दाजी ५०मिटर.तल झरी दुर्घटना भएको पाँचथरका इक़्सपक्टर डम्बर विश्वकर्माले जानकारी दिए।

उक्त दुर्घटनामा परी चालक सहित १महिलाको घटना स्थलमै मृत्यु भएको हो। चालक जिल्ला ताप्लेज़ुङ पाथिभारा याङवरक़ गा.पा.२ थेचम्ब बस्ने अन्दाजी ३०/३२ बर्षको मिलन बिष्ट हुन भने महिला अन्दाजी २४/२५ वर्षकी सीता अधिकारी रहेकी छिन्।

दुईको लाश जिल्ला अस्पताल पाँचथरकाको शव गृहमा राखिएको छ। जिल्ला प्रशासन कार्यलयका दान बहादुर थापा कमाण्डर लगायतका १६ जनाको टीमले स्थलगत छानबीन गरीरहेको इन्सपेक्टर विश्वकर्माले बताए।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap