धरान । बिगत एक दशकदेखी सांगीतिक क्षेत्रमा क्रियाशिल गायक तथा संगीतकार प्रमोद पोर्तेलको गीत माया हो..को म्युजिक भिडियो रिलिज गरिएको छ ।

गीतकारसमेत रहेका गायक पोर्तेलको दोस्रो एल्वम माया हो..मा समावेश भएको यो गीतको म्युजिक भिडियो धरानमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो । गायक पोर्तेलकै अफिसिएल युट्युब च्यानलबाट म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको थियो । वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । वरिष्ठ गायक श्रेष्ठले पछिल्लो समय सुगम संगीतमा यसखालको गीत नआएको भन्दै गायक पोर्तेललाई शुभकामना दिएका थिए ।

कार्यक्रममा बिशेष अतिथिमा गायक एवं संगीतकार शिव लामिछाने, चर्चित गायक गंगा बरदान, विजयपुर मिडिया ग्रुपका निर्देशक हिमाल राई, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ, गायक रोहित मास्के, गायक मनोज मोते, गायक डिल्ली फोम्बो, गीतकार भानु थापा मगर, बराह ग्रुपका पीआरओ सुरेन्द्र संङ विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

गीतमा पोर्तेलकै शब्द र संगीत रहेको छ भने हिना मल्ल बराइलीले फिमेल भोकलमा साथ दिएकी छिन् । गीतमा माया गर्ने प्रेमिल जोडीहरु टाढा भएर बसेको बेला एकअर्काको भावना कस्तो हुन्छ भन्ने भाव व्यक्त गरिएको छ । उक्त भावलाई निर्देशक सुल्तान ईधिङ्गोले प्रस्तुत गरेका छन् । छयाङ्कन आभास जंङ्ग माझी र आदम लिम्बुले गरेका छन् ।

सुल्तान फिल्म पोड्क्सनको संचालक समेत रहेका निर्देशक ईधिङ्गो हाल युकेमा रहेर फिल्म अध्ययन गरिरहेका छन् भने नेपाली फिल्म, म्युजिक भिडियो निर्माणमा ब्यस्त छन् । गीतको म्युजिक एरेन्ज डानिएल गदालले गरेका छन् । अडियो मिक्सिङ रविन छेत्री, म्युजिक प्रोडक्सन जुदाह प्लाउज स्टुडियोले गरेको छ । गीतको भ्वाईस टेक अपार रेकर्डस धरानमा गरिएको हो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap