धरान, कात्तिक ४ गते । दशैं, तिहार र छठको अवसर पारेर नेपालको चर्चित गायक सविन राई आफ्नो टिम सहित लाइभ प्रस्तुतिका लागि वगरकोट आउने भएका छन् ।

सविन राई आफ्नो व्याण्ड टिम द फराओ सहित यहि शनिवार एमएच लाउन्ज एण्ड वारमा आउन लागेका हुन । लकडाउनका कारण लामो समयको सन्नाटालाई चिर्दै सविन राई एण्ड फराओ व्याण्डले वगरकोट तताउन लागेका हुन । लकडाउनले गर्दा सुनसान वनेको वगरकोटमा गायक सविन राई आफ्नो व्याण्ड टिम द फराओ सहित वगरकोटलाई मनोरञ्जन गराउने भएको हो ।

वगरकोट अव पुरानै अवस्थामा फर्किसकेको सन्देश दिदैं पाहुनाहरुलाई निमन्त्रणा गर्नका लागि सिग्नेचरको संयोजनमा स्टेज पर्फमर किङ्गले चर्चित सविन राई एण्ड टिमलाई ल्याउन लागिएको एमएच लाउन्जका प्रोपराइटर जिवन मन्याङ्गवो लिम्वुले जानकारी गराए । राई संगै धरानका चर्चित व्याण्डहरुको प्रस्तुति समेत रहने सांगेतिक कार्यक्रम साझ ७ वजे देखि राति १० वजे सम्म हुने लिम्वुले जनाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x