धरान, २५ कार्तिक। चर्चित रियालिटी शो द-भोईस अफ नेपालका एक कोच तथा गायिका तृष्णा गुरुङले धरानमा प्रस्तुती दिने भएका छन् ।

लकडाउनका कारण लामो समयको सन्नाटालाई चिर्दै गायिका तृष्णा गुरुङले फे्रन्ड्स गार्डेन तताउन लागेकी हुन । लकडाउनले गर्दा सुनसान वनेको धरानमा गायिका तृष्णा गुरुङले धरानेहरुलाई मनोरञ्जन गराउने भएकी छीन् ।

धरान ९ पुतली लाईन स्थित फे्रन्ड्स गार्डेनले आयोजना गरेको फे्रन्ड्स म्युजिकल नाईटमा कार्तिक २६ गते शुक्रबार तृष्णा गुरुङको गायन प्रस्तुति रहनेछ । उनी युवापुस्ता माझ लोकप्रिय गायिका हुन । तृष्णा गुरुङका गाईने दाजैले, माया पिरती, माया मनभरी।। लगायतका गीत लोकप्रिय छन् ।

साथै बादल लिम्बू, निमा तामाङ, अनिस सुब्बा, डीजे एल्विना लिम्बूलगायतको पनि प्रस्तुति रहने उनले जानकारी दिइन् । साँझ ७ देखि रातको १० बजेसम्म नाइटमा आयोजना हुने आयोजकले जनाएको छ । नाइटमा दर्शकले भरपुर मनारञ्जन लिन सक्ने सञ्चालक लिम्बूको भनाई रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x