धरान । धरान १९ का गैरीगाउँ युवा समाजले विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

समाजका अध्यक्ष गौतम लिम्बुले चौकीबारीका २० घर परिवारलाई बुधबार राहत वितरण गरेको जानकारी दिनुभयो । अध्यक्ष लिम्बुका अनुसार प्रति घर परिवार २० किलो चामल, १ लिटर तेल, १ प्याकेट नुन, १ केजी दाल वितरण गरिएको हो । कोरोनाका कारण बिहान–बेलुका छाक टार्न मुस्किल अतिविपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । धरान १९ निवासी हाल विदेशमा बसोबास गर्दै आएका दाजुभाईहरुले समाजलाई आर्थिक सयोग प्राप्त गरेको थियो । सोही आर्थिक सहयोगबाट विपन्न परिवारलाई खाद्य सामाग्री खरिद गरेर वितरण गरिएको समाजका सचिव उत्तम तामाङले बताए । ३५ हजार ५ सय रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो । ‘यो पहिलो चरण हो, अब फेरी दाश्रोे चरणको वितरण हुन्छ,’ उनले भने ।

राहत सामग्री सल्लाहकार देउमान लिम्बु सह–सचिव विशाल राई लगायतको उपस्थितिमा वितरण गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap