धरान, असोज १८ गते । आयुर्वेदमा घण्टी फूलको औषधीय गुणबारे वर्णन गरिएको छ । यस फूलको जरादेखि फूलसम्म हरेक चिज कुनै नकुनै रोगका लागि अचुक औषधिको रुपमा काम गर्छ। पार्कदेखि घरको बगैंचामा पाइने घण्टी फुल सामान्यतया रातो रंगको देखिन्छ, तर यस फूलको रंग गुलाबी, सेतो, पहेंलो र बैजनी पनि हुन्छ। घण्टी फूलको वैज्ञानिक नाम हिबिस्कस सब्बर्डिफा हो।

क्याल्सियम, आइरन, फ्याट, भिटामिन सी र फाइबर पाइने घण्टी फूललाई भगवानको पूजा गर्दा मात्र नभएर यसलाई कपाल झर्ने समस्या, छाला सम्वन्धी समस्या र अन्य थुप्रै रोगहरुका लागि लाभदायक हुन्छ। घण्टी फूलको चिया बनाएर पिउँदा स्वास्थ्यमा थुप्रै किसिमका सकारात्मक प्रभाव पार्दछ।

घण्टी फूलको चिया बनाउने विधि

सर्वप्रथम २ कप पानीलाई उमाल्न राख्नुहोस् । त्यसपछि फूलका सुकेका केही पत्ताहरुलाई त्यसमा मिलाउनुहोस् । पानी उम्लेर जब आधा हुन्छ, तब यसलाई छान्नुहोस् र यसमा कागतीको रस र महको दुई तीन थोपा मिलाइ चिया तयार पार्न सकिन्छ। उक्त चिया दैनिकरुपमा २ देखि ३ पटकसम्म पिउँदा शरीरमा प्रभावकारी फाइदा हुने गर्दछ। यदि सो फुल भेटिएन र चिया बनाउन गाह्रो भयो भने बजारबाट यस फुलको चिया सजिलै खरिद गर्न सकिन्छ।

यस फुलबाट बनेको चियाको फाइदा

महिनावारी सम्बन्धी समस्या : हिजोआज सामान्यतया धेरै महिलाहरुमा महिनावारी समयमा हुँदैन । प्रत्येक महिलालाई आफ्नो महिनावारीको चक्रबारे थाहाहुने गर्दछ, जुन २८ वा ३० दिनको हुने गर्दछ। यदि उक्त समय लम्बिएर ३५ देखि ४० दिन सम्म पुग्छ भने यस्तो अवस्थामा घण्टी फुलबाट तयार पारेको चियाको सेवन गर्दा समस्या निर्मुल हुने गर्दछ।

उच्च रक्तचापको समस्या : अमेरिकन हार्ट एसोसिएसनको एउटा रिपोर्टकाअनुसार यस फूलबाट बनेको चिया पिउँदा उच्च रक्तचाप र मुटु सम्बन्धी रोगीहरुका लागि औषधिको रूपमा काम गर्दछ। यसको सेवनले मुटुको धड्किने दरलाई सामान्य बनाउँदछ भने शरीरलाई आराम दिन्छ। यदि कसैलाई उच्च रक्तचापको समस्या छ भने उसले दिनको कम्तिमा २ पटक उक्त चियाको सेवन गर्दा फाइदा हुन्छ।

कोलेस्ट्रोलको समस्या : घण्टी फूलको चियाले शरीरमा कोलेस्ट्रोलको स्तर नियन्त्रण गरी सन्तुलनमा राख्न मद्दत गर्दछ। यसमा उपस्थित पौष्टिक तत्त्वहरूले शरीरमा रहेको अनावश्यक कोलेस्ट्रोललाई नियन्त्रण गरी शरीरमा कोलेस्ट्रोलको स्तर कम गर्दछ।

मधुमेहको समस्या : एक अध्ययनकाअनुसार घण्टी फुलको चियाले मधुमेह बिरामीहरूको लागि धेरै फाइदा गर्छ। यसले शरीरमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको स्तर कम गर्न मद्दत गर्दछ जसले गर्दा मधुमेहको जोखिम घटेर जाने गर्दछ।

पत्थरीको समस्या : घण्टी फूलको चियाको सेवनले पत्थरी भएकाहरुलाई निकै फाइदा गर्ने गर्दछ। पत्थरी भएकाहरुले यसलाई दैनिकरुप मा राति खाना खानु भन्दा एक घण्टा अगाडि सेवन गर्दा पत्थरको समस्या हराएर जान्छ। विभिन्न ।
एजेन्सीहरुको सहयोगमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x