काठमाडौं । नेकपा (एमाले) ले पार्टीका नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ । यसअघि पार्टीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि साधारणसदस्यमेत नरहनेगरि निलम्बन गरेको थियो ।

यी चारै जना नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले यसअघि स्पष्टीकरण सोधेका थिए । नेताहरुको स्पष्टीकरणत्रको जवाफ पाएलगत्तै उनले यस्तो कारबाही गरेका हुन् । चारै जना नेताहरुलाई ६ महिनासम्मपनि नसुध्रिए थप कडा कारबाही गरिने चेतावनी दिईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x