धरान । असार ५ गते २७ वर्षीया सन्तोषी सुब्बा फर्पिङ बजार पुगेकी थिइन्। त्यहाँ गएर उनी पद्मा सम्फभ गेष्ट हाउसमा बसेकी थिइन्। स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार सुब्बा फर्पिङ(दक्षिणकाली पुगिरहन्थिन्। त्यहाँ जाने जंगलमा घुम्ने उनको स्वभाव थियो। चराचुरूङ्गी प्रेमी भएकाले त्यो क्षेत्रमा जान्थिन्। जंगलमा चराचुरूङ्गीको आवाज सुन्थिन् र नक्कल गर्न सिक्थिन्।

‘स्थानीयहरूले उनलाई पटक(पटक फर्पिङ(दक्षिणकाली क्षेत्रमा देखेको बताएका छन्, उनी पशुपन्छीको आवाज निकालेर सुनाउँथिन् पनि,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक निशान थापा भन्छन्। महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले ६ गते बिहान करिब ११ बजे उनी सो गेष्ट हाउसबाट निस्किइन्। केही टाढा रहेको एउटा चिया(नास्ता पसलमा पुगिन्।

जहाँ २९ वर्षीय सुरेश तिमल्सिना मदिरा पिउँदै थिए।

सन्तोषीले खाजा मागिन्, खाइन्।

‘देख्नेहरूले र त्यो चिया(नास्ता पसलका साहुजीले मध्याह्न १२ बजे उनी त्यहाँ पुगेको बताएका छन्,’ पंगेनीले भने, ‘त्यही क्रममा तिमल्सिना र सन्तोषी गफिन थाले।’

सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी(१४ घर भएका सुरेश काठमाडौं(फर्पिङ चल्ने बसका कन्डक्टर हुन्।

उनी काठमाडौं-२७ कमलाक्षी असन क्षेत्रमा डेरा गरी बस्थे।

अनुसन्धानका क्रममा उनीहरूबीच पहिले चिनजान नभएको देखिएको पंगेनी बताउँछन्।

गफगाफको शृंखला साँझसम्मै चल्यो। सुरेशले बताएअनुसार गफिने क्रममा चिना(परिचय भयो।

सन्तोषीले आफूले जानेको कलाबारे सुरेशलाई जानकारी गराइन्।

एक रात गेष्ट हाउसमा बसे पनि सन्तोषीसँग अर्को रात बस्नका लागि पैसा थिएन। सुरेशले यही मौका छोपिहाले।

उनले खानाको बन्दोबस्त आफैं मिलाउने र आफू सहचालक रहेको बसमै सुत्दा हुने भन्दै हिँडाएका थिए।

‘पैसा नभएको बताएपछि सुरेशले मेरो गाडी छ भन्दै दक्षिणकाली बसपार्कसम्म डोर्‍याए,’ पंगेनीले भने, ‘बसपार्कबाट नजिकै रहेको पिकनिक स्पटसम्म पुर्‍याए। त्यहाँभन्दा तल रहेको शौचालय पुर्‍याए।’

यति बेलासम्म त ७ बजिसकेको थियो। झ्याप्प अँध्यारो भइसकेको थियो।

उनीहरूबीच गफिँदै दक्षिणकाली झर्ने क्रममा जिस्किन थालेका थिए। सुरेशले उनीसँग शारीरिक सम्बन्धको प्रस्ताव राखेको बताएका छन्।

‘सुरूमा उनीहरू सहमतिले नै त्यो प्रयोगविहीन शौचालयसम्म पुगेको देखिन्छ,’ पंगेनीले भने, ‘नभए त बीचमै झगडा भइहाल्थ्यो।’

तर, शौचालय पुगेपछि उनीहरूबीच असहमति चुलिएको देखिन्छ। त्यहाँ दुईबीच घम्साघम्सी भएको प्रष्टै देखिन्छ।

‘त्यसक्रममा सुरेशले जबरजस्ती करणी गरे वा गरेनन् भन्ने स्वाब परीक्षणबाट रिपोर्ट आइनसकेकाले भन्न सकिएन,’ पंगेनी भन्छन्, ‘तर, हत्याको कारण यही हो।’

किनभने, सन्तोषीको भित्री वस्त्र ९पेन्टी० खोलेर फालिएको थियो। सुरेशको पेन्टी पनि त्यहीँ भेटिएको थियो।

असहमति चुलिएर झगडा भएपछि सुरेशले सन्तोषीको घाँटी सलले कस्छन्। बेहोस् भएपछि ढुंगाले अनुहार क्षतविक्षत पार्छन्।

‘स्थानीयले सन्तोषी र आफूलाई चिन्ने र आफूसँगै हिँडेको देखेको भएर ढुंगाले अनुहार नचिनिने गरी प्रहार गरेको उनले बताएका छन्,’ पंगेनीले भने।

सन्तोषीको हत्यापछि सुरेश बसपार्क पुग्छन्। बसपार्कबाट एउटा ट्याक्सी रिजर्ब गरेर बल्खुसम्म आउँछन्। बल्खुबाट पैदलै कोठासम्म पुग्छन्।

‘उनी निकै हतास देखिन्थे, बुवा बिरामी भएको भनी ट्याक्सी लिएर हिँडेका थिए,’ ट्याक्सी चालकको बयान उद्धृत गर्दै डिएसपी थापा भन्छन्।

यसरी पक्राउ परे

सन्तोषीको पहिचान खुलेपछि अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले अनुसन्धान अधिकृत खटाएका थिए।

प्रहरी उपरीक्षक पंगेनीको नेतृत्वमा रहेको टोलीमा डिएसपी निशान थापा, प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठ र अनिश भण्डारी थिए। थापा, श्रेष्ठ र भण्डारी बुधबार सोधीखोजी गर्दै फर्पिङ बजारसम्म पुगे।

त्यसक्रममा सन्तोषी बसेको होटल पत्ता लगायो। त्यहाँबाट निस्केर हिँड्दासम्म सन्तोषीसँग दोस्रो व्यक्ति थिएन।

टोली चिया पसल पुग्यो। त्यहाँका साहुजीसँग कुराकानी गर्दा सुरेश र सन्तोषी लामो समय गफिएको खुल्छ।

सन्तोषीसँग रहेका व्यक्ति कन्डक्टर रहेको भन्ने चाहिँ त्यहीको एउटा वर्कसपबाट थाहा हुन्छ। सुरेश फुर्सदको बेला त्यो वर्कसपमा काम पनि गर्ने गर्थे। सुरेशको मोबाइल नम्बर पत्ता लगाउँदै सुरेश कन्डक्टर रहेको बसको पहिचानसहित अनुसन्धान टोली दक्षिणकाली झरेको थियो।

‘यसपछि टोली सोधीखोजी गर्दै दक्षिणकाली बसपार्क पुग्यो,’ प्रहरी उपरीक्षक पंगेनी भन्छन्, ‘त्यहाँबाट राति एउटा ट्याक्सी हिँडेको पत्ता लाग्यो।’

प्रहरीले त्यो ट्याक्सीका चालकलाई फोन गरेर सुरेशलाई छोडेको अन्तिम गन्तव्य सोध्यो। चालकले दक्षिणकालीमा भेटेयता सबै कुरा भनिदिए।

यसपछि प्रहरीले सुरेशको मोबाइल ‘ट्रेस’ गरी लोकेसन पत्ता लगाउन थाल्यो। उनको लोकेसन असनमै फेला पर्‍यो।

‘यसपछि हामी बिहीबार बिहान उनको कोठामा पुग्यौं,’ प्रहरी उपरीक्षक पंगेनीले भने, ‘त्यहाँ पुग्दा प्रमाण भेटिए।’

ती प्रमाण थिए( सन्तोषीको मोबाइल, मेमोरी कार्ड।

सुरेशले घटना हुँदा लगाएको लुगा पनि फेला पर्‍यो। कपडामा रगतका टाटा थिए। ‘सुरूमा त उनले इन्कार गरिरहेका थिए, तर उनको विपक्षमा प्रमाण जुट्दै गएपछि घटना स्वीकार गरेका छन्,’ पंगेनीले भने।

सन्तोषीको हत्या आकस्मिक भएको, अहिले भजाइनल स्वाब आइनसकेकाले बलात्कार प्रयासका कारण हत्या भएको भन्न सकिने पंगेनीले बताए। सन्तोषी काठमाडौं(७ कालोपुल नजिकैको गुरूङ टोलमा बस्थिन्। सानै उमेरमा उनलाई धनबहादुर तामाङले घरमा ल्याएर पालनपोषण गरेका थिए।

सन्तोषी सानै उमेरदेखि चराचुरूङ्गी र पशु बटुलेर घरमा ल्याउँथिन्, तिनीहरूको आवाज निकाल्थिन्। घटनास्थलमा एउटा बट्टा फेला परेको थियो, जसमा गँगटो थियो।

‘बट्टामा गँगटो बोकेकी थिइन् भन्ने कुरा त्यो चिया(खाजा पसलका मान्छेले भनेका छन्,’ प्रहरी उपरीक्षक पंगेनीले भने, ‘कतिपयले गँगटो खान्छन्, एकदमै मीठो हुन्छ। सायद उनले खानका लागि गँगटो बोकेकी थिइन्।’ सुरेशमाथि तत्काल कर्तव्य ज्यानमुद्दामा अनुसन्धान हुने महाशाखाले जनाएको छ। प्रमाण जुट्दै गएपछि उनीमाथि जबरजस्ती करणीजन्य अपराधमा पनि अनुसन्धान हुने बताइएको छ।

सन्तोषीका धर्मपिता धनबहादुरका अनुसार उनी एक्लैदोक्लै हिँड्ने, पशुपन्छी भएका ठाउँमा रम्ने खालकी थिइन्। त्यसैले, उनी फर्पिङसम्म पुगेकी हुन सक्छिन्। तर, निषेधाज्ञाको बेला सन्तोषी के माध्यमद्वारा फर्पिङसम्म पुगिन् भन्ने ‘रहस्य’ खुल्न बाँकी नै छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x