धरान २२ कार्तिक। चीनद्वारा पुनः नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप प्रदान भएकोछ ।

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्। खोपका साथै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ बताइएकोछ।

नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गरेको छ।यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको प्रेस विज्ञप्ति मा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x