धरान २२ कार्तिक। तराईका जिल्लाहरूमा अहिले छठ पर्वको लोकप्रियता बढिरहेको पाइएकोछ। तराईहरूको केही जिल्लाहरूमा मनाउने छठ पर्व अहिले समावेशी पर्वका रूपमा समेत्क प्रचलित हुदैँ गएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि सोमबार देखि सुरु भई बिहीबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा ताल, तलैया, नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको छ ।

कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिनदेखि छठ पर्व आरम्भ भई कार्तिक मास शुक्ल पक्षको षष्ठीका दिन यो पर्व हरेक साल मनाउने गरिन्छ।कार्तिक शुक्ल चतुदर्शी छठको दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिने गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूणर् गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।

धार्मिक सदभावको रूपका स्थापित हुदै गरेको छठ पर्व हिन्दु समुदाय मात्र नभई मुस्लिम लगाएतहरूको सहभागीता रहेको हुदा बिगतको दिन भन्दा छठ पर्व हरेक वर्ष वृद्धि हुँदै गएको र धार्मिक सहिष्णुता बढ्दै गएको देखिन्छ।

यो पर्वमा हरेक समुदायको चासो बढदै गएकोछ । छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ ।तराई जिल्लाका विभिन्न जात जातीहरू समेत छठ पर्व मनाउने गरेका छन्।पोहोर साल कोरोना महामारिले घर बाहिर मनाउन नपाएको छाठ पर्व यस वर्ष भने भब्य तयारिका साथ सबै ठाउँमा मनाइने भएकोछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x