धरान । इलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीका अनुसार जिल्ला संखुवासभा मादी नगरपालिका ५ का ३१ वर्षीय ज्ञान बहादुर मोक्तानलाई घटना घटेको आठ महिनापछी प्रहरीले पक्राउ हो ।

मोक्तानले संखुवासभा मादी नगरपालिका कि ३६ वर्षीय महिलालाई २०७७÷०८÷१८ गते घरमा एक्लै भएको समयमा जबरजस्ती करणी गरेका थिए । मोक्तानले मिति २०७७ मङ्सिर १८ गते जबरजस्ती गरेको भनी २०७७ मङ्सिर २२ गते चैनपुरमा प्रहरीमा जबरजस्ती करणीको कसुर अपराधमा किटानी जाहेरी पर्नासाथ प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरेको थियो ।

घटना घटाएको चार दिन पछी मात्र प्रहरीलाई पीडित महिलाले जानकारी दिए पछि घटना घटाए लगत्तै मोक्तान फरार रहेका रहँदै आएका थिए । लामो समय देखि फरार रहेका उनी जिल्ला बाहीर विभिन्न स्थानमा गई लुकीछिपि बसेको अनुसन्धानबाट खुलेको छ ।

चैनपुरले मातहत प्रहरी चौकी मादी राम्बेनीबाट फरार सूचीमा रहेका प्रतिवादीको खोजतलासको लागी खटाएको बिशेष टोलीले निज प्रतिवादीलाई आफ्नै गाउँमा लुकिछिपि बसेको अवस्थामा २०७८÷०३÷२८ गते पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चैनपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

पक्राउ परेका मोक्तानलाई सोमवार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरीएको प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x