धरान । धरान-४ निवासी समाजसेवी जबरधोज राई ले आफ्नो स्वर्गीय बुबा रणमण्डल राई आमा बिभालक्षी राई को स्मृतिमा रणमण्डल विभालक्षी स्मृती गरीव तथा जेहेन्दार छात्रा वृत्ती अक्षय कोषमा रु १ लाख भानुस्मृती माध्यमिक बिद्मालय मा एक कार्यक्रम गरी खडा गरिदिएका छन।


उक्त कार्यक्रम को सभापती विद्मालय व्यबस्थापन समिती का अध्यक्ष नैनाकला न्यौपाने ले गर्नु भएको थियो भने प्रमुख अतिथी धरान उपमहानगरपालिका वाड न. ३ का वडा अध्यक्ष आशा कुमार श्रेष्ठ गर्नु भएको थियो। अतिथीहरु अभिभावक संघ का अध्यक्ष शान्ता अधिकारी व्यास्थापन समिती का सदस्य चन्द बहादुर राई साथै विद्मालयका प्रधानध्यापक रविन्द्र सुवेदी र शिक्षक शिक्षिका हरु को उपस्थीती रहेको थियो।

कार्यक्रम मा बोल्दै जबरध्वज राई ले आफू इच्छा हुदा हुँदै पनि पढन नपाएको ले यस विद्मालय मा पनि आर्थिक समस्याको कारण कुनै बिधार्थी पढाइ बाट बन्चीत नहोस भनेर स्वर्गीय आमा बाबा को नाम मा रणमण्डल बिभालक्षी अक्षय कोष खडा गरीदिएको बताए। प्रमुख अतिथी आशा कुमार श्रेष्ठ ले मन्दीर मा जल चढाउनु भन्दा गरीव जेहेन्दार बिधार्थी को लागि सहयोग गरेर माहान कार्य गर्नु भएको भन्दै आभार व्यक्त गर्नु भयो। उक्त बिद्मालयका प्र.अ. रविन्द्र सुवेदी ले कोरोना माहामारी लाई प्रवाह नगरी बिद्मालयमा आएर अक्षय कोष खडा गरीदिनु भएको मा धन्यवाद व्यक्त गर्दै यो अभियान मा सहभागीताको लागि अपिल गर्नु भयो।


कर्यक्रम मा बिद्मालय परिवार को तर्फ बाट नैना कला न्यौपाने ले जबरध्वज राई लाई सम्मान पत्र प्रदान गर्नु भएको थियो। उक्त बिद्मालय का बाल शिक्षिका दुर्गा लिम्बू ले स्वागत मन्तव्य राखेका थिइन भने शिक्षक ओमनाथ रिमाल ले कार्यक्रम संचालन गर्नु भएको थियो।

📝रोहित कुलुङ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap