धरान। यास् चक्रवातको प्रभावले देशका अधिकांश भागमा भइरहेको लगातारको वर्षा सोमबारसम्म निरन्तर रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात कमजोर भई न्यूनचापीय क्षेत्रको रूपमा रहे पनि त्यसको प्रभावका कारण सोमबारसम्म वर्षा निरन्तर रहने देखिएको हो ।

जारी वर्षाका कारण मुलुकको अधिकांश ठाउँको जनजीवन प्रभावित भएको छ । लगातार पानी पर्दा नदी खोलाहरुमा पानीको सतह बढेको र बाढीसमेत आएको छ ।

शनिबार देशका अधिकांश भेगमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी पर्नुका साथै हावाहुरी र हिमपात हुने महाशाखाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x