काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । उनलाई पक्राउ गरिएकोमा चौतर्फी विरोध तथा आलोचना भैरहेको छ । सरकारले गलत काम गरेको नेता तथा कार्यकर्ताहरुको भनाई छ । उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले समेत झाँक्री पक्राउको विरोध गरेका छन् । कांग्रेस नेता गगन कुमार थापाले प्रश्न गर्नेलाई तर्साउन खोज्ने भन्दै कडा प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले लेखेका छन्–‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने रु उहिले महाराजा अहिले राष्ट्रपति१ सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x