काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेकोमा विरोध जनाएका छन् । दाहालले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको बताए । प्रचण्डले भने,‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो।’

बिहीबार आदिवासी जनजाति मगर संघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पक्राउको विरोध गरेका हुन् । उनले आफू कार्यक्रममा बसिरहेको बेलामा झाँक्री पक्राउको सूचना आएको सुनाउँदै भने–उनीहरुले जबरजस्ती कमरेड रामकुमारी झाँक्रीलाई पक्राउ गरेर लिएर गएका छन् । यो पनि तपाईँ मगर मोर्चाको निम्ति, नेताको निम्ति र हाम्रो पार्टीको कम्युनिष्ट पार्टीको निम्ति पनि एउटा चूनौति भएको छ । उनीहरुले यहीँ हमला गरे । हमला कहाँ गर्यो त रु भन्दा उत्पीडित जाति, वर्गका प्रतिनिधिमाथि चाहीँ हमला गर्न खोजेका छन् । उहाँ त मलाई लाग्छ, छिट्टै नै छुटिहाल्नुहुन्छ होला । तर पनि उनीहरुको नियत त देखियो नि । उनीहरुले कहाँ प्रहार गर्न खोजे रु जसले लोकतन्त्रको पक्षमा आफ्नो विचारहरु प्रखर ढंगले राख्ने काम गर्यो, त्यसकारण त्यो लोकतन्त्र र विचारमाथि ताला लगाउने, चाबी लगाउने षड्यन्त्र भएको छ । तपाईँहरुले पनि एउटा प्रस्ताव पारित गर्नुहोला । हामी पनि फेरि पार्टीको तर्फबाट गर्नुपर्ने सबै काम गर्छौं –

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap