एभरेष्ट/धरान  । कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको नाटकघर , चलचित्र घरहरुमा चहल पहल हुन थालेसँगै झोराहट स्थित झोराहट नाटकघरमा नाटक `योगमाया ‘ मञ्चन सुरु भएको छ । चैत २३ गते देखि मञ्चन सुरु भएको नाटक यहि २७ गतेसम्म ५ दिन मञ्चन हुदै छ ।

भरत गुराँगाई `बर्बरिक´ को लेखन तथा प्रदिप सरदारको निर्देशनमा तयार उक्त नाटक झोराहट मात्र नभै इटहरी साथै योगमाया जन्मिएको ठाँउ भोजपुर दिङ्लामा पनि मञ्चन गर्ने तयारीमा छन ।

नाटकमा दीपा पोखरेल, निराशा ढुङ्गेल, प्रबेश तिम्सिना, मनिसा बराल, प्रज्वल पाठक, सुजता राइ, बिमल सम्बाहाम्फे, डेविट बिष्ट, रन्जु खत्री, सञ्जय गिरी, दिपक निरौला, पुजा कटुवाल , सञ्जय मुडियारीले अभिनय गरेका छन् । भने मञ्च परिकल्पना सुदिप जंग कार्कि, ध्वनि, प्रकाश परिकल्पना सुरज माझी , ध्वनि चन्दन माझी र प्रकाश बिजय थारुको रहेको छ । कोरोना महामारी अझै रहेकोले सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघरमा नाटक मञ्चन गरेको झोराहट नाटकघरको कलाकार/संयोजक सुदिप जंग कार्किले बताए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap