पुष २९।भक्तपुरमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बस्ने क्रममा युवकको मृत्यू भएको हो।

मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएको र उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिदा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भईरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x