संगम बिष्ट

सुनसरीको भोक्राह नरसिंहमा लोक प्रिय नेताको रुपमा समेत परिचित नेपाली कांग्रेस मुस्लिम संघ प्रदेश नं १ का सभापति डाक्टर इस्राइल मन्सुरीले आफु सधै दिगो बिकासको पक्षमा सतिसाल झै उभिरहने बताएका छन् । भोक्राहा नरसिङ गाउँपालिकामा बिकासको नाममा भएको कमसल भौतिक संरचना निर्माण कार्यको बिरुद्ब खरो रुपमा उभएका डाक्टर इस्राईलले आफ्नो मुख्य मागनै दिगो बिकास र पार्दशियताको पक्षमा रहेको प्रष्ट पारेका छन् ।

केही दिन अगाडि भोक्राहा नरसिङ गाउँपालिकाको निर्माणाधीन कार्यलय भवन निर्माणमा कमशल साम्रागी प्रयोग भएको तथ्यलाई बाहिर ल्याउन स्थानियबासीको नेतृत्व गरेका डाक्टर इस्राईल दिगो बिकासको पक्षमा आफु लाग्ने र मेरो राजनिती र समाजेबा पनि दिगो बिकासको पक्षमा सधै रहिरहने बताउछन् ।

हामिसंग कुरा गर्दै उनि भन्छन्” गाउँपालिकामा जनप्रतिनिधि आए लगतै कार्यलय निर्माण गर्न जग्गा खोज्न जनप्रतिनिधिलाई सहयोग मैले पनि गरे ।
हाल निर्माणाधीन गाउँपालिकाको कार्यलय भवन निर्माणकालागि जग्गाको व्यवस्थापन गर्ने मैले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको थिए । ४ बर्ष पछि कार्यलय निर्माणको काम अगाडि बढ्यो तर निर्माण कार्यको जिम्मा पाएको कम्पनीले कमसल साम्रागी प्रयोग गरेको गाउँपालिकाकै प्राबिधिकले समेत सुईकारेका छन् । उनले भन्ने

तर केही स्थानीयले पत्रकारहरुले सञ्चालन माध्यम र सामाजिक सञ्चालनमा आफु बिरुद्ब अतिरंञ्ना र भ्रम फैलाउन खोजेको भन्दै डाक्टर इस्राइलले यस्तो कार्यको पछि लगाग्न गाउँपालिकाबासिलाई आग्रह समेत गरेका छन्। गाउंपालिकाबासि माझ लोकप्रिय नेताको रुपमा छवि बनाएका डाक्टर इस्राइल जनप्रतिनिधिहरुलाई दिगो बिकास गर्ने कार्यमा लाग्न आग्रह समेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x