धरान। भेरी अस्पताल नेपालगञ्जका डाक्टर र नर्समाथि कुटपिट गरेको घटनाबारे सत्यतथ्य बुझ्न गठित छानविन समितिले प्रतिवेदन बुझाएको छ। घटनाको चार दिनपछि समितिले ३० पेजको प्रतिवेदन आज बुझाएको हो।

समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार प्रतिवेदन बुझाएका हुन्। यो घटनाबारे सहायक प्रजिअ शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति बनेको थियो। अस्पताल विकास समिति सदस्यसमेत रहेका छानविन समिति सदस्य कृष्णप्रसाद श्रेष्ठले आफूहरूले प्रतिवेदन बुझाइसकेको बताए।

समितिले अस्पतालमा रहेको सिसी टिभी फुटेज, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी घटनाबारे प्रतिवेदन तयार पारेको उनले बताए। यो समितिलाई तीनमा प्रतिवेदन बुझाउन भने पनि सरोकारवालासँग सोधपुछ गर्न थप एक दिन मागेकोले समय दिइएको थियो। प्रजिअ गेलालले प्रतिवेदन पढेपछि थप कारवाही प्रक्रिया अगाडि बढ्ने बताए।

गत जेठ १२ गते बेलुका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि आफन्त मानबहादुर रावत, भरत रावत र लोकराज रावतले डाक्टर तथा नर्समाथि कुटपिट र अस्पतालमा तोडफोड गरेका थिए।

उनीहरूलाई पक्राउ गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्यको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x