धरान : प्रदेश १ प्रहरी प्रमुख रहेका डीआईजी ईश्वरबाबु कार्कीको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । डिआइजी कार्काीले बिदाइको क्रममा उनले एउटा कविता लेखेर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

यस्तो छ उनको कविता

ढिलै सही,
जन्मथलो र कर्मथलोको संयोग जुरÞ्यो।

कतिका कुरा सुनिएन होला,
कतिका कुरा मानिएन होला,
कतिका लागि टर्रो र रुखो बनियो होला।

“गाँउ ठाँउ कै भएर पनि नगर्ने” भनेर
कतिका लागि अटेरी पनि बुझिए होला।

तर पनि,
सबैको साथ र सहयोग रह्यो।
नजिक र टाढा भन्ने कुरो निषेध गरियो।
“फर्केर फेरी यही आउने हो” भन्ने कुराले
सदा सत्प्रेरित गरिरह्यो।

सकिएन त केवल
केही बिष वमनमा अभ्यस्तहरुसंग।
फेरीपनि,
पौठेजोरी खेलिएन।

“निलकण्ठ” नै त बनिएन तर
गुन्गुनाउने मौका मिल्यो,
“फूलको आँखामा फूलै संसार‘”

अन्तमा,
आभारी छु सुरक्षित समाजका लागि
हात अघि बढाउने सबै शुभेच्छुकहरु प्रति।

अनि,
वास्तविक धन्यवादका हकदार
ति सबै प्रति,
जो नायक मात्र हैन,
बिदुषक र खलनायक
चित्रित गरिदा पनि
बिचलित नभई
आफु संगै डटेका
“केचना देखि नाम्चे” सम्मका
“निलाम्मे पात्रहरु ”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x