धरान । तीनकुने क्षेत्रमा साप्ताहिक सरसफाई अभियान सँगै बृक्षारोपण पनि गरेर सफा र सुंदर बनाउने । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ द्धारा कोटेश्वर स्थित खाली जग्गामा ‘पुष्परोपन कार्यक्रम’ सम्पन्न भएको छ ।

आज आईतबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले पुष्परोपन गरी उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव निरिक्षक विश्वराज पोखरेलले बढ्दो शहरीकरण कारण दिनप्रतिदिन वढिरहेको वातावरणीय असरप्रति सबैले गम्भिरताका साथ सरसफाई र वृक्षारोपन गर्नुपर्नेमा जोड दिए । उहाँले ट्राफिक महाशाखाले निक्कै सराहनीय काम गरेको भन्दै मुक्तकण्ठले प्रशंसा समेत गरे ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फुलका विरुवाको व्यवस्था गरेको जानकारी दिए ।

ढकालले ती ट्राफिक कार्यालयहरू आफुले रोपेका फुलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सवैभन्दा उत्कृष्ट विरूवा फुल बनाउने कार्यालयलाई पुरस्कृत गर्ने कुरा पनि बताए ।

नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फुलहरू रोपि सडकलाई मनमोहक बनाईएको महाशाखाले जनाएको छ र अन्य यस्तै खाली रहेका स्थानमा पनि वृक्षरोपन गर्न नागरिकहरूलाई प्रेरणा मिल्ने विश्वास लिएको छ ।

अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले आज रोपेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap