धरान । प्रदेश नं. १ ओपन तेक्वान्दो च्याम्पियनशिप २०७७ प्रतियोगितामा धरान उपमहानगरपालिका प्रथम भएको छ ।

सुनसरीको इटहरीमा फागुन १४ र १५ गते आयोजित प्रतियोगितामा धरान उपमहानगरपालिकाका तेक्वादो खेलाडीहरुले १४ वटा गोल्ड, ७ वटा शिल्भर र ४ वटा ब्राउन्स मेडल प्राप्त गर्दै प्रथम भएका हुन् ।

धरान उपमहानगरपालिकाका तेक्वान्दो प्रशिक्षक सुरज कार्कीका अनुसार प्रदिप लिम्बु, सजन राई, सुरेश राई, रोहित राई, यमुना राई, आयुशा श्रेष्ठ, भिनादेवी खत्री, जानुका राई, कृष्टिना राई, कुशुम राई, क्षितिज गुरुङ, आकुति राई, अन्जना राई र साईमा गुरुङले गोल्ड मेडल प्राप्त गरे । दिपिका राई, निखिल तामाङ, सुदेश राई, लभ राई, रोशन मगर, सुदिप राई र कुश राईले शिल्भर प्राप्त गर्न सफल भए । यस्तै ओपन तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा कविना लिम्बु, जनम विक, उज्वल राई र लोरेन्स निरौलाले बाउन्स मेडल पाउन सफल भए । प्रतियोगितामा सहभागि भएका ९९ प्रतिशतले गोल्ड मेडल ल्याउन सफल भएको बताए ।

धरानका खेलाडीहरुले उपमहानगरपालिकाको नाम राख्न सफल भए । प्रतियोगितामा १ नं. प्रदेशका १४ वटा जिल्लाको पाँचथर र ताप्लेजुङ बाहेकका १२ वटा जिल्ला सहभागि भएका थिए । उक्त तेक्वान्दो प्रतियोगितामा ५ सय जना खेलाडीहरुले सहभागिता जनाएका थिए । आईतबार धरान उपमहानगरका खेलकुद संयोजक सुवास राई र प्रशिक्षक कार्की लगायतले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई शिल्ड र प्रमाण पत्र बुझाउँदै धरान प्रथम भएको जानकारी गराएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x