धरान । सियोन मेथोडिष्ट चर्च धरान १६ ले आयोजनाा गरेको तेस्रो सियोन फुटसल टुर्नामेन्ट शनिबार सम्पन्न भएको छ ।

गत बिहीबारबाट शुरु भएको प्रतियोगितामा २० वटा टिमले समभागी भएका थिए । शनिबार साइरेनी चर्च र होसन्ना बप्तिष्ट चर्च, हिसप दशघरे र अनुग्रह चर्च धरानका टिमहरुबीच भएको सेमीफाइनल खेलबाट फाइनल खेलमा प्रवेश गरी हिसप चर्च दशघरेलाई ०–१ गोलले हराउँदै होसन्ना बप्तिष्ट चर्च विजयी बने ।

विजयी टिमलाई प्रतियोगिताका प्रमुख अतिथी घरान उपमहानगरपालिकाका प्रमुख मेयर तिलक राईले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । यस्तै, उपविजेता टिम हिसप चर्च दशघरेलाई नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । फाइनल खेलअघि धरानभरीका मण्डलीहरुको गुरुबाहरुबीच रोचक मैत्रीपूर्ण खेल भएको थियो । यस प्रतियोगितामा हाइस्कोरमा मौसम पुवार मगर, न्यू लाइभ चर्च बेष्ट किपरमा अर्जुन श्रेष्ठ, होसन्ना बप्तिष्ट चर्च बेष्ट प्लेयरमा सिर्जन राई हिसप दशघरेले प्राप्त गरे ।

मेयर राईले धरान खेलकुद शहर रहेको बताउँदै फुटसलले गर्दा धरानको खेलकुदमा थप उर्जा मिलेको धारणा व्यक्त गरे । ‘फुटसलको गतिविधिले गर्दा धरानलाई फेरि पनि यो धरान खेलकुदको नगरी हो, खेलकुदको राजधानी हो र धरानमा बहुसंख्यक खेलाडीहरु छन् भन्ने प्रमाणित गरेको छ,’ उनले भने । फुटसल प्रतियोगिताले धरानलाई खेलकुदको शहरको रुपमा स्थापित गर्न सहयोग पुग्ने मेयर राईले बताए ।

सियोन मेथोडिष्ट चर्चका पाष्टर तथा यस प्रतियोगिताका जेनेरल मेनेजर रेभ खड्गबहादुर थापाले सबै विजेता समूहलाई बधाइ ज्ञापन गर्दै प्रतियोगितालाई सफल बनाउने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap