झापा। विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहने व्यवसायी दुर्गा प्रसाईँले अको छलाङ मारेका छन् । उनले झापाको बर्तिामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ पूर्वाञ्चल क्यान्सर अस्पताल तयार गरेका छन् ।

क्यान्सर अस्पतालको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले १८ फागुन मा गर्नेछन् । उनी त्यसका लागि झापा पुग्नेछन् ।
अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले हिजो पत्रकार सम्मेलन गरेर यसको जानकारी दिए । तीन सय शैयाको स्वीकृति पाएको सो अस्पतालमा ६ अर्ब लगानी भएको प्रसाईंले बताए । अस्पताल गत वर्षदेखि सञ्चालनमा आएको हो ।

बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एउटै परिसरमा छ । उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनीषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत उपस्थिति रहने बताइएको छ । दुर्गा प्रसाईं प्रचण्ड र ओलीलाई मिलाउन भुमिका खेलेको भन्दै चर्चामा आएका थिए । उनले दुवै नेतालाई घरमा निम्तो गरी मार्सी चामलको खाना खुवाएका थिए । उनकै कारण मार्सी चामल ब्रान्ड बनेर माग समेत बढेको थियो । (news form reportersnepal.com )

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap