पुष १५। दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीर समेतको ४ थान छाला सहित ४ जना पक्राउमा परेका छन्। चारै जनालाई बसुन्धारास्थित द मयूर क्याफेबाट दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएका ३९ वर्षीय निर बहादुर घले, काठमाडौं कलंकी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका-१३ घर भएका २५ वर्षीय सुरेश गिरी, काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका ३१ वर्षीय कृष्ण बहादुर तामाङ र काठमाडौं स्वयम्भू बस्ने ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-२ घर भएका २९ वर्षीय मोहनकर्ण कार्की छन् ।

बसुन्धारा क्षेत्रमा केही व्यक्तिहरुले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने सूचना पाएका थिए। सोहि सुचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त क्याफेबाट उनीहरूलाई पक्राउ गरेको हो। उक्त छाला ३० लाख रुपैयाँमा मोलमोलाई गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।

बरामद छालासहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x